नेस्डो समृद्ध लघुवित्तले मर्जर तथा प्राप्तिका विषयमा छलफल गर्न बोलायो बैठक
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १८:२५:३७
१० असार, काठमाडौं । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गर्नेछ ।
सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैैछ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले २३ देखि ३१ असारसम्म बुक क्लोज गर्ने जनाएको छ । २२ असारसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन् ।
नेस्डोले गत ११ देखि १५ फागुनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा
माघ ११, २०८१ शुक्रबार
श्रीजनशील लघुवित्तको वार्षिक साधारण सभा माघ २७ गते बस्ने
माघ ८, २०८१ मंगलबार
श्रीजनशील लघुवित्तको एजीएम माघ २७ गते, बुक क्लोज कहिले ?
माघ ४, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार