पूर्वका व्यवसायीले भने,‘अर्थमन्त्री चाँडो राजीनामा देऊ’
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १९:४२:४२
१० असार,विराटनगर । पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । उनीहरुले राजीनामा माग्दै शुक्रबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् ।
विरोध जुलुस निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि भेला भएका उद्योगी व्यवसायीले सीमित उद्योग पोस्न अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।
नेपाल उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले अर्थमन्त्रीसँग आफूहरूले बारम्बार छलफल गरेको सुधार गर्ने भनेर आश्वासन दिएको, तर उद्योगीका माग सम्बोधन नगरिएको बताए । उद्योग बचाउनुको साटो तीनलाई नष्ट गर्नेगरी नीति ल्याइएर अर्थमन्त्रीले बारम्बार ढाँट्ने काम गरेको प्याकुरेलले बताए ।
कर कार्यालय अगाडि भएको विरोध सभामा बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एकका अध्यक्ष भीम घिमिरेले राम्रा आश्वासन दिने, तर त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्ने प्रवृत्ति अर्थमन्त्रीमा देखिएको बताए । उनले भने, “हामीले काठमाडौं गएर छलफल गर्यौँ माग पूरा हुन्छ भन्नुभयो, तर त्यसपछि पहिले जे थियो त्यही गरियो । हामीलाई मार पार्ने काम गरियो ।” घिमिरेले आफ्ना माग पूरा नहुन्जेल सडक संघर्ष गरिरहने बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्रीले समस्या समाधान गर्नपट्टि लाग्नुभन्दा यसलाई झन् बल्झाउने गरी कदम चालेको बताए । काठमाडौं छलफल गराएर अर्थमन्त्रीले उद्योग र उद्योगी बचाउन काम गर्छु भनेर झुक्याउने र ढाँट्ने काम भएको भन्दै अब सडक संघर्षकै बलमा अर्थमन्त्रीलाई राजीनामा गराएरै छाड्ने बताए ।
यस्तै, समाजवादी ट्रेड युनियनका मोहमत नसरुलले अर्थमन्त्री शर्मा एउटा उद्योगलाई पोस्नका निम्ति ९० करोड रुपैयाँमा बिकेको आरोप लगाउँदै उद्योगी र मजदुर सडकमा उत्रिँदा पनि अर्थमन्त्री चुपचाप बसको बताए । उनले अर्थमन्त्रीले राजीनामा नदिए आइतबारबाट राजमार्ग बन्द गर्ने आफूहरूको तयारी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार