२५ लाखको अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार १९:४४:०
१० असार, महोत्तरी । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफूले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गरे ।
आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गरे ।
अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
स्थापित कोषको रकम बढाउँदै लगेर केही वर्षभित्रै रु एक करोड पु-याइने पुष्करको भनाइ छ । “अहिले रु २५ लाखबाट कोष स्थापना भयो”, पुष्करले भने, “अब कोषमा क्रमशः रकम थप्दै केही वर्षभित्रै रु एक करोड पु-याइनेछ ।” अर्थाभावले कोही शिक्षाबाट वञ्चित नहोउन् भन्ने आफ्नो ध्येय रहेको पुष्करको भनाइ छ ।
कोष रकम हस्तान्तरण समारोहमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, जलेश्वर–४ का वडाध्यक्ष हरिश्चन्द्र महतोसहित सुगाभवानीपट्टी बस्तीका सर्वसाधारणले पुष्करलाई फुलमाला र अबिर लगाइ सम्मान गरेका छन् ।
पुष्करको आफ्नो ठाउँ र आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयप्रतिको स्नेह र लगाव प्रशंसनीय रहेको नगरप्रमुख सोनारले बताए। सो अवसरमा पुष्करलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सुगाभवानीपट्टी बस्तीमा जन्मनुभएका पुष्करले प्रारम्भिक शिक्षा सोही बस्तीको शुकदेव माध्यमिक विद्यालयमा प्राप्त गरेका हुन् ।
श्रीमद्भागवतका प्रथम वाचक विश्वास गरिने महामुनि शुकदेव स्वामीका नाउँमा स्थापित आफू पढेको विद्यालयलाई निरन्तर सहयोग गरी रहने सचिव पुष्करले प्रतिबद्धता जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार