अध्यक्षमा निर्वाचित भए लगत्तै विवादमा तानिए नेम्वाङ, एन्फाको पहिलो निर्णयनै गलत
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २०:२३:३९
१० असार,काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भए लगत्तै भएको पहिलो बैठकका निर्णयमै पंकजविक्रम नेम्वाङ विवादमा तानिएका छन् । सोमबार निर्वाचित पंकज कार्यसमितिले बुधबार सपथ ग्रहणलगत्तै साँझ कार्यसमिति बैठक बस्यो । जसमा समितिले सात बुँदे निर्णय गर्याे । तर, पहिलो बैठकमै नयाँ कार्यसमितिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । आफ्नै निर्णयका कारण एन्फा विवादको घेराम फस्न थालेको छ ।
पहिलो बैठकले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को चुनावमा नेपालका तर्फबाट एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई पठाउन गरेको निर्णय कार्यान्वयन नहुने भएको छ ।
साफको विधानअनुसार कंग्रेसभन्दा दुई महिनाअगावै उम्मेदवारी दिइसक्नुपर्ने हुन्छ । उम्मेदवारी फिर्ता लिन जुनसुकै समयमा पनि पाइने व्यवस्था भए पनि उम्मेदवारी दर्ता गराउनका लागि भने दुई महिनाको समयसीमा तोकिएको छ । आगामी २ जुलाईमा बंगलादेशको ढाकामा हुने साफ कंग्रेसका लागि वैधानिक व्यवस्थाअनुसार समयसीमा घर्किइसकेकाले जोशीको उम्मेदवारी कायम हुने सम्भावना छैन ।
सोमबार भएको साधारणसभामा निर्वाचनमा नेम्वाङ प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका जोशी पराजित भएका थिए । चार उपाध्यक्ष पदमा नेम्वाङ प्यानलबाट दावा लामा, विराटजंग शाही र दीपक खतिवडा तथा शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।
आफ्नो प्यानलबाट उम्मेदवारी दिएर पराजित भएपछि जोशीलाई क्षतिपूर्तिस्वरुप साफको उपाध्यक्षमा पठाउने प्रयास गरिएको नेतृत्वमाथि आरोप छ । शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिले दुई महिनाअघि नै शेर्पाको नाममा उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको थियो ।
साफको कंग्रेसले एक अध्यक्ष, दुई उपाध्यक्ष, साफलाई प्रतिनिधित्व गर्ने एक एएफसी कार्यसमिति सदस्य, दुई कार्यसमिति सदस्य र एक महिला कार्यसमिति सदस्य गरि सात सदस्यीय कार्यसमितिको चयन गर्नेछ ।
नेम्वाङ नेतृत्वको कार्यसमितिले बुधबारको पहिलो बैठकबाट महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा नवीन पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रक्रिया पूरा नगरिएको बैठकबाट महत्वपूर्ण नियुक्तिहरु गरिएको तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा विधानविपरीत विदेशी नागरिकलाई नियुक्त गरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । हाल जर्मनीमा बसोबास गर्ने काठमाडौं धुम्बराहीका पाँडेले जर्मन नागरिकता लिइसकेका छन्
नवनियुक्त अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेले साफमा नेपाललाई प्रतिनिधित्व गर्दै जोशी जाने कुरामा शंका नगर्न अनुरोध गरे । शेर्पाको नाममा यसअघि दर्ता गराइएको उपाध्यक्षको उम्मेदवारी फिर्ताका लागि साफमा अनुरोध गरिसकेको बताउँदै उनले भने, ‘हामीले पुरानो उम्मेदवारी फिर्ता गर्नका लागि अनुरोध गरेका छौं । पहिला त्यो फिर्ता हुनुपर्छ । त्यसपछि रिक्त रहेको ठाउँमा हामीले अर्को प्रतिनिधि पठाउने हो । कसलाई पठाउने भन्ने संघको अधिकारको विषय हो । त्यसैले एन्फाको निर्णयमा शंका नगर्नुस् ।’
पाँडेका अनुसार शेर्पाको उम्मेदवारी फिर्ता भएपछि रिक्त हुने ठाउँका लागि साफले एन्फालाई नाम पठाउन आह्वान गर्छ । त्यसपछि जोशीको नाम पठाइन्छ र उनी साफको अर्को कंग्रेसबाट उपाध्यक्ष चुनिन्छन् ।
साफको विधानअनुसार कुनै पनि सदस्य देशले एउटा पदमा एक जनाभन्दा बढीको उम्मेदवारी दर्ता गराउन पाउँदैन । त्यसो गरेमा स्वतः सबै उम्मेदवारी खारेज हुन्छ । यसैगरी सात सदस्यीय साफ कार्यसमितिमा सबै देशको प्रतिनिधित्व ग्यारेन्टी गर्नका लागि विधानमै एक देशबाट एक जनामात्र हुन पाउने व्यवस्था गरिएको छ । साफको सदस्यमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी सात देश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार