‘श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा जोड’
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २०:४८:४२
१० असार, स्याङ्जा । श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुले जोड दिएका छन् । श्रमजिवी पत्रकार ऐन कार्यन्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम स्याङ्जाका पत्रकारहरुले ऐन कार्यन्वयन गर्न जोड दिइएको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको ब्यवस्थापनमा समस्या र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयन हुनेमा जोड दिइन् ।
उनले ऐन कार्यान्वयनकाक्रममा देखिएका चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्ने बताइन् । ठुला र साना लगानीका मिडियाका कारण श्रमजिवी ऐन कार्यन्वयनमा कठिनाई देखिएको भन्दै अध्यक्ष खड्काले यसका बिषयमा सबै संघसंगठनहरुले साथ दिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सरोकारवाला पक्षहरुबीचमा न्युनतम पारिश्रमिक निर्धारणको कार्यान्वयन गर्नमा जोड दिईने बताए । स्याङ्जाको संचारजगत अत्यन्तै कठिन परिस्थतीबाट गुज्रिएको भन्दै अध्यक्ष सिग्देलले यसको समाधानका लागि स्थानीयतह सकरात्मक हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोईराला, प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशील सुबेदी, प्रेस सेन्टर स्याङ्जाका नारायण विक लगायतले स्याङ्जाको पत्रकारिताको अवस्था, यहाँका चुनौतिहरु र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाका विषयमा आ आफ्नो धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव तोलाकान्त बगालेले गरेका थिए । जिल्लाका दुईदर्जन क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार