छोरा नजन्माउँदा महिलाका पीडा
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २०:५८:४५
♦लक्ष्मी गारु
१० असार, भादगाउँ । भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुनु । एकदशक अगाडि भागेर विवाह गरेकी उनले छोरा नभएकै कारण श्रीमानसंग छुट्टिएर बस्न बाध्य भएकी हुन् । उमेरले भर्खर ३१ वर्ष लागेका ती महिला अहिले छोरीको उज्ज्वल भविष्यका निम्ति कामको खोजीमा भौतारिँदै हिँडिरहेकी छिन्।
परिवारको सहमतिविना विवाह गरेकैले उनलाई माइतीमा बस्न पनि सहज छैन । घरपरिवार र समाजको परम्परावादी सोचका कारण छोरा नपाएपछि ती महिलालाई दुई वर्षअघि घर निकाला गरिएको थियो ।
घर निकाला गरेपछि माइतीको शरणमा पुगेकी उनलाई दुई/चार दिन दाजुभाउजुले राम्रै व्यवहार गरे तर पछि छोरी श्रीमानलार्ई जिम्मा लगाएर दोस्रो विवाह गरी घरजम गर्न दबाब दिन थालेको ती महिलाले बताइन ।
“केही समय आमाबुबाको मुख हेरेर सहेरै बसेँ”, उनले भनिन् , “अवसरको खोजीमा बसेका दाजुभाउजुले माइतीबाटै निकाल्न टोलकै श्रीमती मरेका एक जनासँग विवाह गर भनी दबाब दिन थाले । दोस्रो विवाह गरे छोरी अलपत्र हुने चिन्ताले माइतीघर छाडेर कोठा लिएर बसेँ ।”
“साथीभाइ सबैले श्रीमान्बिरुद्ध मुद्दा दायर गरेर सम्पत्ति लिनु भन्छन् तर मसँग विवाह दर्ता प्रमाणपत्र छैन । मुद्दा गर्न पैसा पनि छैन । माइतीको भरोसा पनि छैन । मेरो कमाईले खान पनि पुग्दैन ।
सहयोगका लागि वडामा गए पनि कुनै उपाय लागेन”, ती महिलाको गुनासो छ । तीन , छ र नौ वर्षकी तीन छोरी साथमा लिएर घरबाट निस्किएकी उनी केही समय साथीको घरमा बसे ।
त्यहाँ पनि त्यसै बस्ने वातावरण नभएपछि भाडा तिरेर बस्न थालेको ती महिला बताइन। पढ्ने लेख्ने समयमा विवाह गरेकीले अहिले मजदुरीको काम रोज्नु परेको उनको भनाइ छ ।
ती महिलासँगै मजदुरी गर्दै आएकी भक्तपुर नगरापालिका–८ कै अर्की एक महिला हुनु । उनको उमेर अहिले ५८ वर्ष लागिसक्यो । माइतीमा एक्लो छोरी रहकी ती महिलाको मागी विवाह भएको थियो ।
विवाह भएको पाँच वर्षसम्म सन्तान नपाउँदासमेत वैवाहिक जीवन सहजै चल्दै थियो । ती महिलाको विवाह भएको छ वर्षमा एकैपटक तीन छोरीलाई जन्म दिइन भनिन्छ, सन्तानको आगमनले वैवाहिक जीवनलाई थप खुसी, सुखी र बलियो बनाउँछ तर उनको जीवनमा भने त्यस्तो हुनसकेन ।
पहिलो सन्तान छोरीको जन्मसँगै उनलाई श्रीमानले साथ छाडे । सुत्केरीमा माइती गएकी ती महिलालाई श्रीमानले घरपरिवारको कुरा सुनेर फर्केर पनि हेर्न आएनन् । तीन छोरीसहित माइतीमा बस्दै आएकी उनलाई आमाबुबा छउञ्जेल खासै समस्या झेल्नु परेन ।
बुबा व्यापारी भएकाले छोरीलाई आवश्यकपर्ने सम्पूर्ण खर्च बुबाआमाले बेहोर्दै आए तर लामो समयदेखि माइती बस्दै आएकी ती महिलाको बुबाको मृत्युपछि दाजुभाइको व्यवहारले घरबाट निस्किन बाध्य गरायो ।
अहिले कोठामा एक्लै बसेकी ती महिलाले भनिन्, “तीन छोरीमा माइली बिरामी भएर मरिन । दुई छोरीको बिहे गरिदिएँ । अहिले म एक्लै कोठामा बस्छु । श्रीमानको जग्गा जमिन धरै भए पनि कानुनी उपचारका लागि खर्च गर्न मसँग पैसा छैन ।”
त्यस्तै भक्तपुर नगरपालिका–१० कमलविनायककी अर्की एक महिला पनि पाँच वर्षदेखि चार छोरीसँग भाडाको कोठामा बस्दै आएकी छिन् । छ वर्ष अगाडि क्यान्सरले श्रीमान् बितेर एक्ली भएकी उनलाई छोरा नभएकै कारण सम्पत्ति नदिने भनी सासू र जेठाजुले घरबाट निकालेकाले कोठा बस्दै आएकी छिन् ।
श्रीमान् भएसम्म अलि खटपट भए पनि घरै बस्दै आएकी उनलाई श्रीमान् बितेको एक वर्षमै घरबाट निकालिएपछि । अहिले ज्याला मजदुरी गरी छोरी र आफ्नो जीवन निर्वाह गर्दै आएकी छन् । “सम्पत्तिका नाममा भएको दुई वटा घर र सात रोपनी जग्गा सबै श्रीमान्को मृत्युपश्चात् जेठाजुका नाममा नामसारी गरे । मलाई केही पनि छैन ।
अरु मान्छे पठाएर कुरा गर्दा मेरो श्रीमान्को उपचारमै धेरै खर्च भयो । अब पाउँदिनस् भनेर पठाउँछन्”, उनले भनिन्, “सासुले तँ छोरा नभएकालाई सम्पत्ति किन चाहियो भनिन्। मुद्दा हाल्न मसँग नागरिकताको प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्र पनि छैन । सबै सासूसँग छ ।”
परम्परागत सोच हाबी भएको हाम्रो समाजमा अहिलेको जमानामा पनि छोरा नभए मर्ने बेला स्वर्गमा जान्न पाइँदैन भन्ने सोच छ । यसले गर्दा धेरै महिला यस्तो किसिमका घरेलु हिंसा सहन बाध्य भएको पाइन्छ ।
यसरी हिंसामा परेका महिलाका लागि आफू काम गर्ने थलो नै जीवन जीउने आधार बन्नाका साथै दुःख सुखको चौतारी बिसाउने थलो बनेको छ ।
महिलामाथि हिंसा भयो भने न्याय पाउनका लागि लिखितरुपमा प्रमाणित भएको कागजपत्रले उपचार पाउने कानुनी व्यवस्था छ । अधिवक्ता राजकुमार सुवालका अनुसार महिलाको हकमा विवाह दर्ता र जन्म दर्ता नभएकाको हकमा, महिलामाथि हिंसा भई छुट्टिएको अवस्थामा बच्चालाई विद्यालय भर्ना गरेको, अस्पतालले जन्मेका बेला दिएको कागजातलाई प्रमाणको रुपमा लिएर कानुनी उपाचार गराउन सकिन्छ ।
भक्तपुर महानगरीय प्रहरी प्रभावका महिला सेलका प्रमुख श्रीयङ्का बस्नेत छोरा नभएकै कारण घरबाट निकालिनु परेकामा अहिलेसम्म कुनै उजुरी नआएको बताए ।
श्रीमान् र घरपरिवारले कुटपिट गरेको खान नदिएको, श्रीमान् अन्य महिलासँग लागेको जस्ता उजुरी भने आउने गरेको उनको भनाइ छ । प्रहरीमा दर्ता भएका अधिकांश निवेदनमा दुवै पक्षका आफन्त बसेर मिलापत्र गराउने गरिएको महिला सेल प्रमुख बस्नेतले बताईन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार