तीन भाव बोकेका कम्युनिस्ट पार्टी कहिल्यै पनि विदेशीसँग झुक्दैन: अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २१:२५:३१
१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव र देशभक्तिको भावनाबाट कम्युनिष्टहरु विचलित नहुने बताएका छन् । उनले तीन भाव बोकेका कम्युनिस्ट पार्टी विदेशीहरुको सामु लम्पसार नपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् । कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि उनको भनाइ थियो ।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।
‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्त्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका इसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रविन्दुमा राख्छ । फलस्वरूप जनताको विश्वास हामी जित्न सक्छौँ,’ अध्यक्ष नेपालले भने ।
अध्यक्ष नेपालले पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने पनि बताए । कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्बन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको पनि नेपालको भनाइ थियो । अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार