आयोगले सरकारलाई पठायो संघ र प्रदेशसभा चुनावको विकल्पसहितको प्रस्ताव
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २३:३२:५१
१० असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय गर्न सरकारलाई एक वा दुई चरणमा निर्वाचन गर्न दुवै विकल्प दिएको छ ।
आयोगले एकै चरणमा गर्ने हो भने कात्तिक अन्तिमको मिति प्रस्ताव गरेको छ भने दुई चरणमा गर्दा कात्तिक अन्तिम र मंसिर पहिलो हप्ताको प्रस्ताव गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको नगरसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आयोगले निर्वाचनका लागि दुवै विकल्प प्रस्ताव गरे ।
उनका अनुसार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने हो भने ३० कात्तिक र दुई चरणमा गर्ने हो भने २९ कात्तिक र ३ मंसिरको मिति आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।
स्थानीय तहको निर्वाच गत वैशाखमा सम्पन्न गरेको सरकारले अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार