बिशेषज्ञ सहितगाउँमै आयुर्वेद सेवा
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १३:५६:१४
प्रकाश डोटेल
१२ असार, स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका ३ रापाकोटका ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै पाएपछि खुशी भए । सामान्य उपचारको लागि जिल्ला सदरमुकाम पुतलीबजार र छिमेकी शहर पोखरा जानुपर्ने बाध्यतामा रहेका काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञसहितको सेवा पाएपछि खुशी भएका हुन् । सामान्य उपचारको लागि धेरै रुपैयाँ खर्चमा दिनै बिताएर ठुला शहरमा जानुपथ्र्यो ।
गाउँपालिकाले गाउँमै विशेषज्ञ सहितको सेवा गाँउमै पाएपछि ७९ बर्षिय काफ्ले निकै खुशी भएको बताए । काफ्ले जस्तै स्याङ्जाको अर्जुनचौपारी ५ आरुचौरका ७५ बर्षिय मिना पौडेल पनि बिशेषज्ञसहितको टोलीले गाँउमै सेवा पाउने भएपछि खुशी भइन् । उनले बर्षौदेखि आयुर्बेदीक सेवा लिदै आएकी थिइन् । तर बिशेषज्ञसहितको सेवा लिन उनी विगत लामो समयदेखि पोखरा जाने गर्थिन् ।
गाँउमै आयुर्बेदीक सेवा पाउनुले नागरिकमुखी पालिका बनेको अनूभुती आफुलाई भएको पौडेलले सुनाईन् । घुम्ती सेवा स्वरुप थालिएको यो सेवालाई निरन्तरता दिन भने पौडेलले पालिकालाई आग्रह गरिन् ।
गाउँपालिकाले आयुर्वेद औषाधालयको समन्वयमा गरेको बृहत आयुर्वेद स्वास्थ्य शिविरमा पालिका र पर्वतका ५ देखी ८० बर्षका झण्डै ३ सय नागरिकले सेवा लिएका छन् । नागरिकले स्वास्थ्य रहन आहारबिहार मिलाएर उपभोग गर्नुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जीवन शैलीमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
स्वास्थ्य शिविरमा डा. तुलसी श्रेष्ठ सहितको ११ जनाको टोलीले सेवा दिएको हो । स्वास्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुलनाराका साथ गरिएको शिविरमा ३१ प्रकारका औषधीहरु निःशुल्क वितरण गरेको आयुर्वेद औषधालय अर्जुनचौपारीका प्रमुख ललित थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण
असार २४, २०८१ सोमबार
लालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
जेठ २८ यता बाढी र पहिराेमा परी ७४ जनाको मृत्युः ८८ घाइते, १६१ घर डुबानमा
असार २४, २०८१ सोमबार
श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बने जयसूर्या
असार २४, २०८१ सोमबार