स्याङ्जामा विपद्ब व्यवस्थापन न्यूनीकरण गर्ने तयारी
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १४:१:५८
♦ प्रकाश डोटेल
११ असार, स्याङ्जा । चालु वर्षको मनसुन सुरु भैसकेको र जिल्लामा विपद्जन्य घटना हुन सक्ने जनाउदै स्याङ्जाका ११ स्थानीय पालिकालाई पूर्वतयारी अवस्थामा राखिने भएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले विपद्लाई ध्यान राख्दै पालिकालाई तयारी अवस्थामा राख्ने भएको हो ।
विपद्मातत्काल आवशयक पर्ने डोजर, जेसिवी, लगायतका आवश्यकता अनुरुप सामग्रीका साथै सवारी चालकहरुलाई समेत पूर्वतयारी अवस्थामा राखिने भएको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाका ५ नगरपालिकार ६ वटा गाउँपालिकाले विपद्का समयमा आवश्यक सहयोग सामग्री तयार गरी तयारी अवस्थामा राख्न सुझाएका छन् ।
विपद्ब व्यवस्थापनगर्न कोषमा रकम, आवश्यक पर्ने विपद्जन्य सामग्रीहरु खरिदगरी आ-आफनो पालिकामा मौज्याद राख्न र आवश्यकता अनुसारका सामग्री ३ वटै सुरक्षा निकायलाई समेत उपलब्ध गराउन उनले स्थानीय पालिकालाई आग्रह गरेका छन् ।
जिल्लामा पुतलीबजार र फेदिखोलाको सिमानामा रहेका भालु पहाड, गल्याङ् नगरपालिका १ स्थित राम्दी प्रहरी चेकपोष्ट माथिको पहिरो, गल्याङ् २ को मगर समाज भवन र सो वरपरका ४ घर लगायत आसपासका क्षेत्र, वडा नं. ३ लल्याङ्स्थित ८० घर परिवार उच्च जोखिममा रहेको समितिले पूर्वानुमान गरेको छ ।
समितिका अनुसार गल्याङ् नगरपालिका ५ सेतीवेणी बजारमा सेतीखोला र कालीगण्डकी किनारमा रहेको सेतीवेणी बजार डुवानको जोखिमा रहने, अर्जुनचौपारी २ जलजलेको पहिराले ४ घर र ५ वटा गोठ जोखिम बढेको र कालीगण्डकी गाउँपालिकाको सिमाना रानीघाट–रुद्रवेणी पुल वपरपरका क्षेत्र पनि उच्चजोखिममा रहेको छ ।
सिद्धार्थ राजमार्ग र स्थानीय पालिका जोड्ने सडकहरुमा समेत पहिरो जान सक्ने हुँदा सडक डिभिजन कार्यालय पोखरा र सम्बन्धित स्थानीय पालिकाले समेत डोजर लगायत आवश्यक मेशिनरी सामग्री सहित चालकलाई तयारी अवस्थामा राख्न समितिले आग्रह गरेको छ । जिल्लास्थित विपद् व्यवस्थापन राहत कोषमा ७ लाख ४५ हजार प्रदान गर्दै समितिले गण्डकी प्रदेश सरकारद्धारा कोषमा प्राप्त २ लाख रुपैयाँलाई उपयोग गर्ने भएको छ ।
जोखिमलाई मध्ये नजिर गर्दै प्रमुख जिल्ला अधिकारीको नेतृतवमा जिल्ला विपद्ब व्यवस्थापन समिति जस्तै सबै स्थानीय पालिकामा पनि नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय विपद्ब व्यवस्थापन समिति गठन गरिने भएको छ ।
विपद्का बेला अस्पताल, स्वास्थ्य, खानेपानी कार्यालय, रेडक्रस, उद्योग ब्यवसायी, सुरक्षाकर्मी, स्थानीयबासीले आ-आफनो क्षेत्रबाट सहयोग गर्न आ-आफनो संयन्त्रलाई परिचालन गर्न प्रजिअ पौडेलले आग्रह गरेका छन् । विपद्को बेला जोखिम कम गर्न सचेत हुनुपर्नेमा उनले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार