एकीकृत समाजवादीको सहकार्यको प्रस्तावमा ओलीले दिएनन् महत्व
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १५:१०:२४
१२ असार, काठमाडौं । नेकपा एमालेसँग विद्रोह गरी गठन भएको एकीकृत समाजवादी पार्टीले मिले एकता नमिले निर्वाचनमा सहकार्य गर्ने गरी गरेको प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले महत्व नदिएको बताइएको छ ।
मन्त्री हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादी र नेकपा एमालेका केहि नेताहरुबीच यस विषयमा छलफल भएपनि ओलीले एकताका लागि महत्व नदिएका हुन् ।
समाजवादीको केन्द्रीय कमिटी बैठकमै एमालेसँग एकताको प्रस्तव गर्ने विषय उठेपछि एमालेसहित वामपन्थी एकताका लागि विभिन्न सर्त अघि सारिएको छ । यससँगै समाजवादीले आगामी आमनिर्वाचनमा गठबन्धनका लागि सबै दलसँग छलफल खुला राख्ने र आफ्नै पहलमा नयाँ गठबन्धनको परिस्थिति सिर्जना बैठकको निष्कर्ष छ ।
ओलीले पार्टीमा आउनेका लागि ढोका खुल्ला रहेको तर, पार्टीनै एकता भने सम्भव नरहेको बताएपछि सहकार्य गर्ने तर एमालेको शरणमा नपर्ने समाजवादीका नेताले बताएका छन् । समाजावदीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेसँग सहकार्य गर्न खुला प्रस्ताव गरिएको तर, शरणमै जाने कुरा नगरेको बताए ।
उनले पाँचदलीय गठबन्धन आफ्नो पार्टीको प्राथमिकता भएपनि पाँच दलभन्दा बाहिरका दलसँग पनि खुला छलफल गर्ने र भरसक देशभक्त तथा वामपन्थीहरूसँग व्यापक सहकार्य गर्न चाहेको बताए । एमालेसँग संवाद र एकताका लागि एकीकृत समाजवादीले बैठकमै सर्तहरू अघि सारेको छ ।
एमालेसँग संवाद सुरु गर्नका लागि राजनीतिक र कानुनी रूपमा एमालेले आफ्नो पार्टीको अस्तित्व स्वीकार गर्नककपर्ने समाजवादीको पहिलो सर्त छ । तर, ओलीले कानुनी र राजनीतिक रूपमा एकीकृत समाजवादीलाई राजनीतिक दलको संज्ञा नदिने र अस्तित्व पनि स्वीकार नगर्ने दोहोर्याएका छन् ।
एमालेले आफूबाट विभाजित भएको समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । समाजवादीलाई वैधानिक हैसियत दिने निर्णयविरुद्ध एमालेले दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले थप संवादलाई अघि बढाउने हो भने संसद् विघटनदेखि सबै हर्कतहरूका बारेमा आफ्नो धारणा प्रस्ट पार्नुपर्ने समाजवादीको दोस्रो सर्त छ । एमालेले अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिएर समाजवादीलाई पार्टीको मान्यता दिएको निर्णय पनि गर्नुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार