लमजुङका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १६:३१:५७
१२ असार, लमजुङ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उमेदवारमध्ये ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीनरतीन जनाले खर्च विवरण बुझाएका हुन् । सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उमेदवार रहेका छन् भने ३८ जना सदस्य पदका उमेदवार रहेका छन् ।
चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेंसीसहरमा नगरप्रमुख उमेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेसीशहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् ।
त्यस्तै उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेसीशहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजङ तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेंसीशहर नगर उपप्रमुख पदमा उम्मेदार बनेका थिए । त्यसैगरी पदममाया गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट बेसीशहर नगर उपप्रमुखमा उम्मेदार बनेकी थिइन् ।
निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उमेदवारको खर्च विवरण आएको छैन ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उमेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरीएको छ । जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एक हजार ४१ जना उम्मेदवार रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार