युवाको भविश्य प्रभावित भएको भन्दै सभामुखले देखाए नागरिकता विधेयकप्रति चासो
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १७:१९:३०
१२ असार,काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले धेरै युवाहरुको भविश्य प्रभावित भएको भन्दै नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन् । उनले दलीय सहमति जुटाएर चाँडो विधेयक पास गराउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।
आइतबार बिहान संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रममा सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको बताए । उनले विधेयक पारित नहुँदा दर्जनौँ युवाको भविष्यमा गाह्रो बनाएको बताए । यही सदनबाट नागरिकतासहित आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्ने उनको भनाई छ ।
उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि संसदको दायित्व भएको भन्दै सभामुख सापकोटाले देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।
सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताए । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको उनको भनाइ छ ।
उनले अगाडि भने, ‘हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो । तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार