स्मार्टफोन ब्रान्ड शाओमीका विभिन्न स्मार्ट उपकरणहरू बजारमा
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार १८:३२:४२
१२ असार, काठमाडाैं । शीर्ष स्मार्टफोन ब्रान्डहरूको कुरा गर्द शाओमी एउटा यस्तो ब्रान्ड हो जसको नाम आजको समयमा लगभग सबैले सुन्नु भएको छ । विश्वकै चौथो ठूलो स्मार्टफोन ब्रान्ड, शाओमी नेपालको शीर्ष ब्रान्डहरू मध्ये एक हो ।
स्मार्टफोन ब्रान्ड शाओमीले विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ । स्मार्टफोन र ल्यापटप बाहेक २५२ मिलियन भन्दा बढी स्मार्ट उपकरणका साथ शाओमीले ‘एएलवटी’ प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ । नेपालमै पहिलो पटक कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ ।
शाओमी वाच
एसवान एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् । जस मध्ये १९ वटा व्यावसायिक छन्। मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्र्याकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ भएको एस १ एक्टिभ पानी प्रतिरोधी पनि छ।
यसमा भएको माइक्रो फोन र स्पिकरले घडीबाट कलहरू उठाउन सकिने कम्पनीको भनाइ छ । यसको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
रेडमी ब्यान्ड प्रो
यसैगरी कम्पनीले आयताकार मोड्युलमा १.४७ इन्चको स्मार्ट ब्यान्ड प्रो पनि ल्याउने भएको छ । रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत स्मार्ट फोनसँग कनेक्ट गर्न सकिन्छ । जहाँ एप सूचनाहरू, फोन कल र थप जानकारीहरू आफ्नो ब्यान्डमै प्राप्त गर्न सकिनेछ । यसको मूल्य ६,१९९ रुपैयाँ तोकिएको छ ।
एयर कम्प्रेसर
शाओमीमी पोर्टेबल एयर पम्पको साथ, बिना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिनेछ । जसले गर्दा यो पम्पलाई साइकल, स्कुटर, मोटरसाइकल र कारको टायरका लागि पनि प्रयोग योग्य बनाउँछ। यसको मूल्य ५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
एयर प्युरिफायर
सेतो रंग अनि आयताकारको डिजाइन भएको, मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिने कम्पनीको भनाइ छ ।
यसमा भएको रिङ लाइट डिस्प्लेले हावाको गुणस्तर अनुसार रङ परिवर्तन गर्नुका साथै हावामा पीएम कन्सनट्रेसन २.५ भन्दा बढी हुँदा यसको रंग हरियोबाट पहेँलो र रातोमा परिवर्तन हुने कम्पनीको भनाइ छ । यसको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
टूथ ब्रशःटी १०००
शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रति मिनेट ३१,००० भन्दा बढी कम्पन पैदा गर्छ । जसले यसलाई प्रयोग गर्न सजिलो बनाउँछ । शाओमीमी इलेक्ट्रिक टूथब्रशले दाँतको बीचको भागमा अड्किएको फोहरलाई प्रभावकारी रूपमा हटाइ गहिरो सफाई गर्दछ । यसको मूल्य १ हजार ६९९ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार