प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छः महर
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २०:२७:२७
१२ असार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन् । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा महरले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी युवालाई अगाडि सार्नुपर्ने बताएका हुन् ।
उनले आफ्नो पार्टीभित्रको व्यवस्थापनलाई ध्यान दिएर अरु पार्टीसँग गठबन्धनमा जान कांग्रेसका लागि हितकर हुने बताए । देशभर एक्लै चुनावमा जाँदासमेत पार्टीभित्र असन्तुष्टि देखिएर असहयोग भएको विगतलाई हेर्नुपर्ने उनको तर्क छ ।
महरले नेताहरूको स्वाभिमानलाई ख्याल नगरी अर्कै तरिकाले टिकट वितरण गरिए विस्फोटको सम्भावना रहेको तर्फसमेत पार्टी नेतृत्व सचेत हुनुपर्ने बताए । त्यसका लागि पार्टीभित्र गहन छलफल भइरहेको पनि उनले बताएका छन् । नेता महरले पार्टीभित्र टिकट वितरणपछि विगतमा देखिँदै आएको असन्तुष्टिलाई विचार गरेर यसपटक यो समस्यालाई हल गर्ने कुरामा ध्यान दिइने बताए ।
‘गठबन्धनसहित चुनावमा गए कसरी जाने, भागबन्डाको मोडल कस्तो हुने र नगए कसरी जाने र कसलाई टिकट दिने र टिकट नपाउने साथीहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराको वातावरण निर्माण गर्नुपर्छ,’ नेता महरले भने, ‘कांग्रेसभित्र असन्तुष्ट साथीलाई सम्झाउने प्रवृत्ति छैन । पार्टी र देशप्रतिको सबैको प्रतिबद्धता बराबर हुन्छ । त्यसकारण टिकट वितरण गर्दा होस् वा अन्य अवसर दिदा होस् असन्तुष्ट व्यक्तीलाई सम्झाउने प्रवृत्तिको विकास गरिनुपर्छ ।’
प्रजातान्त्रिक पद्धतिमा चुनावका बेला पार्टीभित्र सिर्जना हुने गुटउपगुटलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए। आफूहरु पार्टीलाई नचुहिने छाताजस्तै साझा बनाउने अभियानमा लागेको महरको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार