स्थानीय निर्वाचनमा कांग्रेसलाई एमालेभन्दा डेढ लाख बढी मत आएको खड्काको दावी
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २२:५१:४३
१२ असार, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेकोभन्दा कांग्रेसले डेढ लाख बढी मत ल्याएको बताएका छन् । सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् ।
‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस् ।’ उपसभापति खड्काले पार्टी भित्रको कुन्ठाका कारणले केही ठाउँमा पराजित भएको उनको भनाइ छ । ‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं ।’ उनले भने, ‘तर, केही साथीको कुन्ठका कारणले हलो र सूर्यमा मत दिएर हार्नुप¥यो । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’
पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ ।’
‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नी ?’ उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार