सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन
नेपालबहस संवाददाता
असार १२, २०७९ आइतबार २३:४४:१२
१२ असार, काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिले चालु आर्थिक वर्षमा लक्ष्यको करिब एक तिहाइ मात्र औषधि उत्पादन गरेको छ ।
चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा .हरिदेवप्रसाद यादवले जानकारी दिए । यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो ।
यो वर्ष जडीबुटी ल्याउन ठेक्का ढिला भएकाले पनि कम औषधि उत्पादन भएको हो । गत जेठमा मात्र जडीबुटी ल्याउने ठेक्का भएको थियो । ठेक्का सम्झौता भने हुने क्रममा रहेको उनले सुनाए ।
आर्थिक वर्ष २०७७/७८ मा ५७ हजार ८२७ केजी औषधि उत्पादनको लक्ष्य थियो । गत आवमा पनि लक्ष्यको २३.२८ प्रतिशत अर्थात् १३ हजार ४६३ केजीमात्र औषधि उत्पादन भएको थियो । गत वर्ष भने ठेक्का गरेर जडीबुटी भण्डारमा भए पनि कोरोनाको प्रभावका कारण पनि कम उत्पादन भएको जनाइएको छ ।
चालु आर्थिक वर्षमा २३ लट अर्थात् १२ हजार ७५ केजी च्यवनप्राश बनेको छ । एक लटमा ५२५ केजी हुने पनि उत्पादन शाखा प्रमुख यादवको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार