झरी पर्न थालेपछि कैलालीका किसान मख्ख
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १७:१८:१४
१३ असार, भजनी । कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी हुनुहुन्छ । लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन् ।
शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् । लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् ।
“पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन ।
” उनले भने, “अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् । निरन्तर पानी प¥यो भने धान रोप्न सहज हुनेछ ।”
गत वर्ष यस समयमा धान रोपाइँ सक्नुभएका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गरेका छैनन् । गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त भएका उनी बल्ल खेतको काममा निस्केका छन् ।
“पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ होला ।” उनले भने, “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”
टीकापुर–४ का हरि चौधरीले खेत जोतेर छोडेको महिना पुग्यो । धानको बीउले महिना दिनभन्दा बढी काट्यो तर, चौधरीले वर्षा नहुँदा धान रोपाइँ गर्न अझै सकेका छैनन् । बोरिङको पानीले खेत रोप्ने तयारी गर्नुभएका उनले खडेरीका कारण बोरिङको पानीले पार नलागेपछि अलि कति रोपेको धानबीचमै छोड्नुपरेको थियो ।
“गत वर्षजस्तै चाँडै रोपाइँ सक्ने गरी धानको बीउ राखेको थिए । पानी नआउँदा करिब एक महिना नै ढिलो भयो ।” उनले भने, “कामदार पायो भने एक हप्तामा खेत रोपेर सक्ने लक्ष्य छ । कामदार पाइएन भने दुई हप्ताभन्दा बढी लाग्छ ।”
कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो ।
त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिए । उनले यस वर्ष भने किसान पानीको पर्खाइमा बस्नुपरेको बताउँदै आकाशे पानी पनि नआउनु र सिँचाइ कुलामा पनि पानी समयमै नआउनुले धान रोपाइँमा ढिलाइ भएको बताए ।
“मैले गत वर्ष यो समयमा १५ बिगाहाभन्दा बढी रोपाइँ गरिसकेको थिए । यो वर्ष एक बिगाहा पनि रोपाइँ भएको छैन ।” उनले भने, “अहिलेको वर्षा किसानका लागि अमृत बनेको छ । कम्तीमा जमिन भिजेपछि बोरिङको पानीले भए पनि रोपाइँ गर्ने वातावरण बनेको छ ।
” किसान साउँदले २८ बिगाहा क्षेत्रफलमा धान रोपाइँको तयारी गरेका छन् । जग्गा भाडामा लिएर व्यावसायिक खेतीमा लागेका साउँदले १० बिगाहाभन्दा बढी क्षेत्रफलमा बिज वृद्धिका लागि धान रोपाइँ गरेका छन् ।
वर्षा नहुँदा बीउ बचाउनसमेत किसानलाई निकै समस्या भएको थियो । केही किसानले बोरिङको पानीले रोपाइँ गरे पनि रोपेको धान सिँचाइ नपाउँदा सुकेर जाने अवस्थामा पुगेको किसान अमर कठरिया बताए ।
उनले बोरिङमार्फत दुई बिगाहा क्षेत्रफलमा धान रोपाइँ गरेका थिए । पर्याप्त सिँचाइ हुन नसक्दा रोपेको धान सुक्ने अवस्थामा पुगेको बताउँदै कठरियाले थोरै भए पनि वर्षा हुन थालेपछि राहत पुगेको बताए ।
“सिँचाइ कुलामा पानी छैन । बोरिङको पानीले सिँचाइ गरेर साध्य छैन । आकाशे पानी आउँदैन ।” उनले भने , “किसान निकै आत्तिएको अवस्था थियो । अब केही हदसम्म किसानले राहत महसुस गर्न थालेका छन् ।”
सरकारले रासायनिक मलको व्यवस्था गर्ला भन्ने आशामा पनि कतिपय किसानको धान रोपाइँमा ढिलाइ भएको छ । मल नभएर उत्पादन नहुने भएपछि रासायनिक मलको पर्खाइमा बसेका किसानलाई मनसुनले पनि पछाडि पारेको किसान महेश चौधरी बताए ।
“सरकारले मल ल्याउन सकेन । केही समय मलको पर्खालमा बित्यो भने केही समय सिँचाइको अभावले ।” उनले भने, “अहिले भारतबाट भए पनि मलको व्यवस्थापन भएको छ ।
किसानले आफ्नो प्रयोगको लागि भारतीय बजारबाट मल ल्याए । अनि वर्षा पनि सुरु भयो । अब किसानको व्यस्तता खेतमा देखिन थालेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार