धनगढीमा युवा महोत्सव सुरु
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार २२:५०:५८
१३ असार, गोदावरी । कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।
सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कँुवरका अनुसार सुदूरपश्चिम प्रदेशका युवाको सहभागितामा उक्त महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा विभिन्न विषय तथा विधाका विज्ञ र कलाकार समेत उपस्थित रहेका छन् । यस महोत्सवमा युवाहरुका आ–आफना क्षेत्र र विषयका सिकाइ र क्षमता अभिबृद्धि गर्ने विषयलाई प्राथमिकतामा राखेको कुँवरको भनाइ छ ।
महोत्सवमा जलवायु परिवर्तन, लागुऔषध, निर्वाचनमा युवाको भूमिका तथा सहभागिता, समाजमा युवाको भूमिकालगायतका विषयमा जानकारहरुबाट प्रस्तुति एवं प्रशिक्षण दिइने बताइएको छ । यस महोत्सवमा विभिन्न क्षेत्र र विषयका गरी करिब ३०० जना युवाको सहभागिता रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार
२६ लाख राशीको सभापति कप फुटबल प्रतियोगिता आजदेखि सुरु
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार