भट्टराई निदाएका बेला उपेन्द्र पक्षले गर्यो मध्यरातमा मन्त्री फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्री छान्नेमा पनि परेनन् बाबुराम
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १७:१९:०
१४ असार, काठमाडौं । सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा जनता समाजवादी पार्टी (जसपा)भित्र थप विवाद बढेको छ । भट्टराई पक्षलाई जानकारी नै नगराई मध्यरातमा अध्यक्ष उपेन्द्र यादव पक्षले बैठक डाकेर मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि विवाद बढेकाे हो ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएको ४८ घण्टा नवित्दै जसपा नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय गरेकाे एक नेताले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वनमन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् ।
गठबन्धन र सरकारमा सहभागी हुने विषयलाई लिएर जसपामा बाबुराम भट्टराई र यादवबीच फरक मत आएको बेला सरकारमा सहभागी सबै मन्त्री फिर्ता गराउन लागिएको हो । भट्टराई निकट अहिले श्रेष्ठ मात्रै मन्त्री रहेका छन् । भौतिक पूर्वाधारमा रहेकी रेणु यादव लगायतका सबै मन्त्रीहरुको बारेमा आर्थिक अनियमितता भएको आरोप लागेको छ ।
मध्यरातमा बसेको जसपा बैठकले मन्त्री हेरफेर गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अन्य दुई नेता ‘अधिकारविहीन’ हुन पुगेका छन् ।
पछिल्लो समय बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादव, बाबुराम भट्टराई र अशोक राईसहितको ‘हेडक्वाटर’ निर्माण गरी महत्वपूर्ण निर्णयमा तीनैजनाको हस्ताक्षर अनिवार्य गर्ने अधिकार दिए पनि सोमबारबाट दुई नेता अधिकारविहीन हुन पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
अछाममा बाख्रा चराउन जंगल गएका २ किशोरी मृत फेला
माघ १३, २०८१ आइतबार
वाग्मती सफाइ महाअभियानमा काठमाडौं महानगर, ७ मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
माघ १३, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, अध्यादेशको पक्षमा उभिन रणनीति तय गर्ने
माघ १३, २०८१ आइतबार
तराईमा हुस्सु र कुहिरो, आज अन्य ठाउँको मौसम कस्तो रहला ?
माघ १३, २०८१ आइतबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार