मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरीको तयारी सुरु
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार १७:५६:११
१४ असार, काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ ।सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ । हालसम्म २ हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाडौं उपत्यका भित्र दुई स्थानसहित सातवटै प्रदेशमा विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोप प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित चौबिसै घण्टा उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।
‘विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्नेगरी तयारी हालतमा राखिएको साथै काठमाडौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं।२० गण मुख्यालयलाई तयारी हालतमा राखिएको,’ सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं, कैलाली, पोखरामा रहेका एपिएफ फ्यूल स्टेशनहरुलाई मनसुनको समयमा हुन सक्ने फ्यूल अभाव व्यवस्थापन गर्न फ्युल स्टक राख्ने गरिएको समेत सशस्त्र प्रहरीले जनाउको छ ।
‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रादेशिक आपतकालिन कार्य संचालन केन्द्रहरु तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रहरुमा आवश्यकता अनुसार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको,’ विज्ञप्तिमा उल्लेख छ ।
सशस्त्र प्रहरीको विभिन्न यूनिटहरुमा रहेका हेभि ईक्यूपमेन्टहरु तयारी हालतमा राखिएको छ । गोताखोर तालिम प्राप्त ५६ जना सशस्त्र प्रहरीका कर्मचारीहरुलाई विभिन्न क्षेत्रमा हुन सक्ने जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज होस भन्ने उद्धेश्यका साथ प्रदेश नं. १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेश को पोखरा, लुम्बिनी प्रदेशको शमशेरगंज र सुदुर पश्चिम प्रदेशको कैलालीमा गरी जम्मा ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा राखिएको छ ।
पानी जन्य विपद्हरुमा उद्धार कार्य गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालको ३४ वटा कार्यालयहरुको २६ जिल्लाहरुमा ५५ वटा उद्धार बोट र १० जिल्लामा १६ वटा मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै, प्रत्येक बाहिनीमा कम्तिमा १ प्लाटुन ‘डेडिकेटेड’ विपद् उद्धार टिम, सानो युनिटमा सेक्सन र ठुलो युनिटमा प्लाटुन स्तरमा टोली तयारी अवास्थमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार