गाउँपालिकाकाे प्राथमिकतामा ओखर खेती, माग अनुसार अनुदान दिने
नेपालबहस संवाददाता
असार १४, २०७९ मंगलबार २०:३५:५८
♦तारानाथ आचार्य
१४ असार, बलेवा । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।
कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हव’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो । किसानका लागि उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एकपटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएकोे गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए ।
आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उनले जानकारी गराए । मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।
मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रु ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ । अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् ।
ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।
उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमासमेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमिनमा तारबारदेखि बाँझो जमिनमा खेती लगाउन सुरुआत गरिने अध्यक्ष गौचनले बताए ।
गाउँपालिकाले फलफूल र तरकारीका अलावा पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवद्र्धनका कार्यक्रम ल्याएको छ । गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यूनीकरण गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ ।
बजारमा प्राङ्गारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्राङ्गारिक मल तथा परम्परागत घरायसी किटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ थियो ।
गाउँपालिकाको पहिचानका रूपमा रहेको अन्नको भण्डारका भनेर चिनिने कुञ्जो गाउँलाई कृषि उत्पादनको मुख्य क्षेत्रका रुपमा विकास गरेर किसानलाई सवल बनाइने अध्यक्ष गौचनले बताए ।
गाउँपालिकाले पर्यटन क्षेत्रलाई कृषिपछिको महत्वपूर्ण आर्थिक विकासको क्षेत्रका रूपमा विकास गर्ने भएको छ । यहाँ रहेका तालतलैया, पदमार्ग र धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलको प्रवद्र्धनका लागि गाउँस्तरमै कार्यक्रम तयार गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार