टाइप गर्ने मेसिन हुँदाहुँदै एसपीपी पत्रको मिति किन हातले लेखेकोः ओली
नेपालबहस संवाददाता
असार १४, २०७९ बुधबार ०:१२:५४
१४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति हातले लेखिएको भन्दै आपत्ति जनाएका छन् । उनले पत्रमा आफुलाई फसाउन मिति संशोधन गरिएको हुनसक्ने दाबीसमेत गरेका छन् ।
मंगलबार मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले सार्वजनिक भएको उक्त पत्रमाथि प्रश्न उठाएका हुन् । आफूअघि रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिस्तरीय निर्णयअनुसार सेनालाई पत्राचारका लागि अनुमति दिएको तर, आफूलाई बद्नाम गर्ने उद्देश्यका साथ पत्र सार्वजनिक गरिएको उनले बताए ।
एमाले अध्यक्ष ओली २५ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए र १० कात्तिकमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेर नेपाल सरकारको निर्णयअनुसार एसपीपीमा सहभागी गराउन माग गरेको पत्र बाहिरिएको थियो ।
उनले भने, ‘चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ हातले । सबै टाइप छ, पछाडि किन हातले लेख्नुपर्यो ।’ आफूलाई मुछ्न मात्र मिति केरमेट गरेर पत्र सार्वजनिक गरिएको ओलीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार