शान्ति प्रक्रियापछि फुटेर छरपस्ट भएका माओवादीहरु अब एकीकृत हुन आवश्यक भयोः प्रचण्ड
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार १७:१७:४४
१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि विभाजित भएका सबै माओवादी धारहरुबीच फेरी एकता आवश्यक रहेको बताएका छन् ।उनले माओवादीमा आएको विचलनले गर्दा नेपालको कम्युनिष्ट आन्दोलनसमेत धारासायी मोडमा पुगेको दावी गरेका छन् ।
विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्नका लागि फुटेका माओवादी एकजुट हुन आवश्यक रहेको बताए ।
विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै उनले क्रान्तिमा एक खालको सफलतापछि परिवर्तन र रूपान्तरणका निम्ति भन्दै मूल नेतृत्वबाट अलग्गिएकाहरु एक हुनुपर्ने बताए । पार्टी विभाजित हुँदा सबैले तीतामीठा अनुभव पाएको भन्दै प्रचण्डले फेरि एउटा नयाँ निष्कर्षसहित फर्किपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गराएका छन् ।
आज फकिएका पुन महाकाली ब्युरो इन्चार्जसमेत हुन् भने पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन् । पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्जसमेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका कार्यसूची
माघ १३, २०८१ आइतबार
भोजपुरमा साढे ८ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी
माघ १३, २०८१ आइतबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेको थुनछेक बहस जारी, आज आदेश आउन सक्ने
माघ १३, २०८१ आइतबार
आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका
माघ १३, २०८१ आइतबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार