महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार २०:५१:२८
१५ असार, महोत्तरी । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महाेत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ ।
प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ,´ गोलेले भने । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा छन् ।
नगरभित्र रहेका सबैकाे नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् । अध्यक्ष गोलेका अनुसार नगरको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ । बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार