मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति
नेपालबहस संवाददाता
असार १६, २०७९ बिहिबार १७:५२:२६
१६ असार, जनकपुर । मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
शहीद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठानमार्फत शहीद परिवारलाई मासिक रु १२ हजारका दरले आर्थिक सहयोग प्रदान गर्न लागेको हो ।
यस्तै शहीद परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि छात्रवृत्तिसमेत दिन लागिएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।
‘‘शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिका लागि आवेदन दिन हामीले सूचना जारी गरेका छौँ”, उनले भने ,‘‘यसका लागि प्रदेश सरकारले यस वर्ष रु एक करोड विनियोजन गरेको छ, अब कतिको सङ्ख्यामा आवेदन आउँछ त्यही हिसाबले हामी रकम वितरण गर्छाँै तर कार्यविधिमा रु २१ हजारसम्म दिने भनिएको छ, निवेदन कतिको सङ्ख्यामा आउँछ त्यही अनुसार रकम घटबढ पनि हुनसक्छ ।”
शहीद परिवारको छोराछोरीलाई कक्षा १ देखि ६ सम्मलाई रु १६ हजार र कक्षा ७ देखि १२ सम्मलाई रु १८ हजार एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिन लागिएको सचिव महतोले बताए ।
प्रदेश सरकारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा ९६० बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारमध्ये आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी भरणपोषणबापत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार