स्टार्टअप वल्र्डकप नेपाल – २०२२ असार २२ गते हुने
नेपालबहस संवाददाता
असार १६, २०७९ शुक्रबार ४:६:५५
१६ असार, काठमाडौं । स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिश्पर्धा असार २२ गते (जुलाई ६ मा) हुने भएको छ ।
विश्वका ७० देशमा हुने प्रतिश्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।
गत बर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिश्पर्धा अनलाईन गरिएको थियो । प्रतिश्पर्धाको फाइनलमा पुगेका बिभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाईनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाईनलमा सहभागी हुन पाउने छन् ।
अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो ।
स्टार्टअप वल्र्डकपको नेपाल रिजनल कम्पिटिसनलाई सिईओ क्लब ग्लोबलले टाईटल स्पोन्सर गरेको छ भने एन आईसि एसिया बैंकले ईन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ । अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले एक मिलियन डलर (१३ करोड नेपाली रुपैया बराबर) लगानी पुरस्कार पाउने स्टार्टअप वल्र्डकपले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार