बेसीसहरलाई जिल्लास्तरीय रनिङ शिल्डको उपाधि
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १७:५७:३६
१९ असार, लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिका उपाधि जित्न सफल भएको हो ।
बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।
१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताए । प्रतियोगितामा पाँचा पालिकाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार