महोत्तरीमा उर्लिदो बाढी, सुस्ताउँदो सरकार
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १९:५६:२६
♦ विशाल बस्नेत
१९ असार, महोत्तरी । मनसुन सुरु भएसँगै महोत्तरीमा खोला र खहरे उर्लिरहेका छन् । तीन दर्जनभन्दा बढी खहरे र नदीको बीचमा रहेको महोत्तरीमा बर्षेनी ठूलो धनजनको क्षति समेत हुँदै आएको छ ।
विशेषगरी रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने उत्तरमा बर्दिबास नगरपालिकादेखि दक्षिणमा जलेश्वर नगरपालिकाका सर्वसाधारण त्राहीत्राहीमा रहने गर्छन ।
तर, सम्बन्धित निकायको बेवास्ताले बर्षायामसँगै थप त्रासमा बाच्नु परेको सर्वसाधारणहरूको गुनासो छ । रातु नदी उर्लिएपछि पशुपतिनगरका वीरमानलाई निन्द्रा नै लाग्दैन । ०५८ सालतिर आएको बाढीले यहाँका किसानहरूलाई बेघर बनाएको वीरमानलाई झल्झल्ती याद आइरहन्छ । ‘थोरै भए पनि अहिले तटबन्धन लगाएको छ उवेला यस्तो थिएन,’ उनले भने ।
रातु नदीले वर्षेनी क्षति गर्नुको एउटा प्रमुख कारण नदी उत्खनन् पनि हो । मनपरी उत्खनन् गर्दा खोलाको सतह निकै माथि वा तल पुग्ने गरेको छ । रातु नदी मात्र होइन मरहा र जंगाहा नदीमा उर्लिदो बाढीले वरपरका खेतीयोग्य जमिन कटान भइरहेको छ । अघिल्लो वर्ष मात्रै रातु नदीको वहाव कै कारण वल्वा नगरपालिका तिलगौढमा नौ सय घर डुबानमा परेका थिए भने कयाँै बिगाहा जमिन कटानमा परेको थियो ।
जलवायु परिवर्तनको समस्याले त्यतिकै समस्या भोगिरहेका सर्वसाधारणले वर्षादको समयमा झन् समस्या भोग्दै आएका छन् । महोत्तरीमा पर्ने रातु नदीको छेउछाउमा मात्र आधा दर्जन पालिका छन् । तर सबैभन्दा बढी प्रताडित बर्दिबास, औरही, वल्वा जस्ता पालिका जोखिममा रहेको विपद् व्यवस्थापन समितिले पहिचान गरेको छ ।
दुई दिन अघि मात्रै जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट हुनसक्ने समस्यालाई पहिचान गरी प्रतिकार्यको लागि आपत्कालिन सामग्रीको भण्डारण थालेको छ । रातु, विग्ही, जंगहा र मरहा नदीको डुबान र कटानबाट क्षति हुन नदिन बन्चौरी, तिलगढ, रौजा बजार, परौल, गोनरपुरा, लेउरी, जलेश्वर–३, मलिवाडा, जुमनिया, हत्तीसर्वा, सिंग्याही, कविलासा, दोस्तिया, अलिपट्टी, बगडा, निगौल र सोनमा गाउँपालिका–१ का बस्ती र मटिहानी–९ को सिमरदही लगायत स्थानमा आपत्कालीन प्रतिकार्यको तयारी थालिएको हो ।
तर, आफ्ना नागरिकलाई सम्भावित जोखिमबाट कसरी सुरक्षित राख्ने भन्ने सम्बन्धमा मट्टीहानी नगरपालिका बाहेक कुनै पनि पालिकाले तयारी थालेका छैनन् । ‘आपतकालीन प्रतिकार्यको लागि स्थानीय सरकारले कुनै तयारी नगर्नुले जोखिम अझ बढन सक्छ,’ बर्दिबासका मनोज खडकाले भने ।
बर्दिबासको उत्तरी क्षेत्रमा रहेका चुरे पहाडमा झन खतरा बढदै गएको भुगर्भविद्हरू बताउँछन् । यसअघि पनि खयरमाराको भित्री बस्तीमा सुख्खा पहिरो जाँदा गाउँ नै जोखिममा परेको थियो ।
वर्षायाममा उक्त खुकुलो पहाडलाई वरपर फैलिएको पानीको वहावले कमजोर वनाउँदै लैजाने भएकाले पहाड नै भाँसिएर समथर बन्न सक्ने भुगर्वविद् प्रकाश घिमिरे बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार