१ करोडकाे लागतमा आँधीखोलामा तटबन्धन गर्दै भीरकोट
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार २३:२३:१५
♦ प्रकाश डोटेल
१९असार, स्याङ्जा । वर्षेनी वर्षासँगै आँधीखोलामा आएको बाढीलेखोला आसपासका खेतीयोग्य जमिनमा धेरै क्षती पु¥याउँदै आएको थियो । विगतका वर्षमा जस्तै वर्षासँगै आँधीखोलामा आएको बाढीले पु¥याउन सक्ने संभावित क्षती न्यूनिकरण गर्न भीरकोट नगरपालिकाले खोला तटबन्धन र व्यवस्थापनमा अग्रसरता देखाएको छ ।
जोखिममा रहेका खेतीयोग्य जमिनका आधारमा प्राथमिकीकरण गरी अस्थायी तटबन्ध गर्न लागिएको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । आँधीखोला किनारका भीरकोट नगर क्षेत्रभित्रका खेतीयोग्य जमिन बचाउन झण्डै १ करोड रकम खर्च गरेर काम थालेको नगरप्रमुख कर्माचार्यले बताए ।
भीरकोट नगरपालिकाले आउँदो बर्षको नीति तथा कार्यक्रममा पनि नदीजन्य प्रकोप नियन्त्रण एवं विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नगरको पहलमा आँधीखोला किनारका दायाँबायाँ करिब १.५ किलोमिटर क्षेत्रमा अस्थायी तटबन्धन गर्ने काम शुरु भएको छ । मनसुन जन्यविपद् सुरु हुनु अगावै नगरपालिकाका र भाडाका डोजर तथा ट्रीपर प्रयोग गरेर तटबन्धन गरिएको छ ।
चालू आर्थिक वर्षको अन्त्यको समय भएपनि नगरसँग बजेटको अभाव छ । तर मनसुनजन्यविपद् जोखिम न्यूनीकरणका लागिनदी नियन्त्रण र तटबन्धनलाई प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाका प्रवक्ता दिपेन्द्र के.सी.ले बताए । विगतमा आँधीखोलाले पकान र सिमलचौरको फाँटका क्षेत्रमा बढी क्षती पु¥याएकाले तत्कालका लागि तटबन्धन निर्माण कार्यलाई अगाडी बढाएको उनले सुनाए ।
“अस्थायी तटबन्ध व्यवस्थापनको काम भएपनि नदीजन्य प्रकोप नियन्त्रण र विपद् न्यूनीकरणमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ ।” नगर प्रमुख कर्माचार्यले भने, “नयाँ आर्थिक वर्षका लागि आँधीखोलामा व्यवस्थित तटबन्धन र नदीकिनारमा हरित सडक निर्माण गर्न १ करोड रकम विनियोजन गरेका छौं ।” विपद् व्यवस्थापनमा नगरले २० लाख रुपैयाँ विनियोजन गरेकाले आँधीखोलाको दायाँबायाँको भाग सुरक्षित बनाउन सकिनेमा उनी दृढ देखिए ।
नगरपालिकाले तीन वटा डोजर र चारवटा ट्रीपर प्रयोग गरेर एक महिनाको अवधिमा सीमित स्रोत साधनका बावजुत नगरका१, २, ४ ,५ र ६ वडा अन्तर्गतका आँधीखोला नदी क्षेत्रको दाँयाबाँया १.५ किलोमिटर भित्र अस्थायी तटबन्धन गरिने छ । नगरले तटबन्धनको काम थालेपछि खोला किनारका कृषकहरु निर्वाध रुपमा धान रोप्न थालेका छन् ।
हाल सम्म झण्डै १ करोड बराबर लागतको काम भएको नगरपालिकाले जनाएको छ । आँधीखोलामा व्यवस्थित तटबन्धनका लागि प्रदेश र संघीय सरकारसँग पनि आवश्यक सहकार्यका लागि अनुरोध गरिएको नगरप्रमुख कर्मचार्यले जानकारी दिए । तटबन्धन व्यवस्थित नहुँदा सिमलचौर, पकान, बयरघारी, गैह्राथोक लगायतका फाँटहरु, सडक मार्ग र नदी किनारका बस्तीहरु सधैं जोखिममा पर्दै आएका छ्न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार