वीरगञ्ज महानगरपालिकाद्वारा ३८ पृष्ठको श्वेतपत्र जारी
आबिद हुसेन
असार १९, २०७९ सोमबार ३:१०:३३
१९ असार, पर्सा । मधेस प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ । डा. दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सो अवसरमा महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ । महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए ।
उनले अगाडिको नेतृत्वको कमजोरीका कारण प्रतिकिलो पाँच रुपैयाँ ४२ पैसाको लागतमा फोहर सङ्कलन भइरहेको दाबी गरे । उनका अनुसार महानगरपालिकाभित्रका ८० प्रतिशत करदाता करको दायरामा नआएका कारण महानगरपालिकाको राजस्व सङ्कलनमा चाप थपिएको छ भने भौतिक पूर्वाधारमा ठूलो कमजोरी देखिएको छ ।
नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको जानकारी दिए । उनका अनुसार पालिकामा बेरुजु बढ्दै गएको छ भने निर्माण भएको ठूला पूर्वाधार एक वर्ष नबित्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । महानगरपालिकाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र ल्याउन जरुरी रहेको उल्लेख गर्दै महानगरप्रमुख सिंहले वीरगञ्जको विकासले नै सबैको विकास हुने बताए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार