ट्रेलरमा देखियो आकाशप्रति पूजाको वान साइड लभ
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार १३:५३:५५
२० असार, काठमाडाैं । बहुचर्चित फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर बुढा सुब्बा डिजिटल मार्फत शनिबार दर्शक माझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशब्यापी प्रदर्शनमा हुदैछ ।
निमेष प्रधान लिखित तथा निर्देशीत फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मज्दुरका समस्यालाई पनि ट्रेलरमा प्राथमीकता दिइएको छ । दार्जिलिङ,सिल्गुढी,सिक्किम लगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख कलाकारहरु–आकाश,पूजा,सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणालाई अटाइएको छ ।
फिल्म प्रदर्शनको मिति नजिकीदै जादा निर्माण पक्षले प्रचार प्रसारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति,रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनीक दुई गीत–‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् ।
आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिब ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मले गर्दैछ ।
दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तराल पछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा संगै आउदैछ । त्यसकारण पनि यो फिल्मप्रति दर्शक तथा चलचित्रकर्मीको अपेक्षा अधिक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार
काभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ
मंसिर १३, २०८१ बिहिबार