स्याङ्जाका पालिकाको बजेट ७ अर्ब बढि
नेपालबहस संवाददाता
असार २०, २०७९ सोमबार १४:१८:३५
प्रकाश डोटेल
२० असार, स्याङ्जा । आर्थिक वर्ष २०७९/०८० को लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् ।अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरुले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिकातथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ पालिकाले ७अर्ब २ करोड ५२लाख ५३ हजार ८ सय बजेट पारित गरेका छन् । पारित बजेट मध्ये संघीय सरकार मार्फत ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने स्थानीय पालिकाले २ अर्ब ३६ करोड २८ लाख ५३ हजार ८ सय आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने लक्ष्य राखेका छन् ।
सार्वजनिक बजेटमा सबैभन्दा धेरै वालिङ नगरपालिकाले ९१ करोड ८२ लाख २० हजार बराबरको बजेट पारित गरेको छ । पारित बजेटको ४५.८ प्रतिशत चालु तर्फ र ५४.२ प्रतिशत पूँजीगत खर्च तर्फ विनियोजन गरेको छ ।
पुतली बजारले ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट पारित गरेको छ । बजेट मध्ये ३० करोड ९७ लाख १५ हजार पुँजीगत खर्च र ५९ करोड ६७ लाख ७३ हजार चालुतर्फ नगर सभाले विनियोजन गरेको हो भने गल्याङ नगरपालिकाले ८२ करोड ५६ लाख ८२ हजार बराबरको बजेट घोषणा सँगै पारित गरेको छ ।
जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोटले ७५ करोड ४ लाख ३० हजारको बजेट पारित गरेको छ । पारित बजेटमा चालु खर्च तर्फ ४३ करोड १७ लाख ४८ हजार र पूँजीगत खर्चतर्फ १५ करोड ८६ लाख ८२ हजार रहेको छ । चापाकोट नगरपालिकाले चालु खर्चतर्फ ४० करोड ५३ लाख ५२ हजार र पुँजीगत तर्फ २० करोड ८१ लाख २६ हजार गरी ६१ करोड ३४ लाख७८ हजार बराबरको बजेट पारित गरेको छ ।
जिल्ला ६ गाउँपालिका मध्ये कालिगण्डकीले ५६ करोड ९१ लाख ५० हजार बराबरको बजेट पारित गर्दा चालुतर्फ ३२ करोड २५ लाख ५५ हजार र पुँजीगततर्फ २४ करोड ६५ लाख ९५ हजार विनियोजन गरेको छ ।आँधीखोला गाउँपालिकाले ७१ करोड १८ लाख बराबरको बजेट पारित गरेको छ ।
बिरुवाले ४९ करोड ३ लाख बराबरको अनुमानित बजेट पारित गर्दा चालू खर्चतर्फ ३१ करोड ४७लाख ८० हजार र पूँजीगततर्फ १७ करोड ५५ लाख २० हजार रकम विनियोजन गरेको छ । अर्जुनचौपारी गाउँपालिकाले ४४ करोड १८ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । १४ करोड ३३ लाख ८९ हजार पूँजीगत तर्फ अनुमानित गर्दा चालु खर्चतर्फ ७ करोड ३९ लाख ३० हजार र सशर्त अनुदानमा १८ करोड ४५ लाख रकम विनियोजन गरेको छ ।
जिल्लाका १० पालिकाले तोकिएकै समय सिमाभित्र बजेट प्रस्तुत गरेर पारित गर्दा हरिनास गाँउपालिकाले केहिदिन ढिला गरी बजेट प्रस्तुत गर्दै पारित गरेको छ । हरिनासले ४१ करोड ८७ लाख ८० हजार बराबरको बजेट पारित गरेको छ । उता फेदिखोलाले ३७ करोड ९० लाख ९६ हजार ८ सय बराबरको बजेट प्रस्तुत गरेसँगै पारित गरेको जनाएको छ ।
अधिकांश पालिकाले नीति तथा कार्यक्रममा सडक र पुर्वाधारमा पहिलो प्राथमिकता दिएर बजेट ल्याएका छन् । कृषि, स्वास्थ्य र शिक्षामा समेत प्राथमिकता राख्दै धेरै पालिकाले बजेट विनियोजन गरेका छन् । अधिकांश पालिकाको नीति तथा कार्यक्रम अनुसार बजेटको तालमेल नदेखिएको जानकारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार