बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार १८:३:४
२१ असार, तनहुँ । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्यांक संकलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
मुकुन्देश्वरी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै हाफ म्याराथन र साइक्लिङजस्ता प्रतियोगितालाई निरन्तरता दिइने छ । उनले भने, “पालिकाभित्र रहेका पर्यटकीय गाउँ प्राथामिकताको आधारमा नमूनाको रुपमा विकास गर्दै लगिने छ ।” गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित रहेकोले बन्दीपुर मातहतमा रहेका छ वटै वडामा पर्यटकीयस्थलको दीगो विकास गरी संरक्षण एवं प्रवद्र्धन गर्ने योजना रहेको छ ।
गाउँपालिका भित्र पर्यटकीय केन्द्र निर्माण गर्नाका साथै पर्यटन ऐन बनाई नियमन गर्ने नीति पारित गरिएको गाउँपालिकाले जनाएको छ । बन्दीपुर बजार क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरी संरक्षण र संवर्धन गरिनेछ । पालिकाभित्र रहेका पर्यटनसँग आवद्ध संस्थालाई सक्रिय र संगठित बनाउँदै पर्यटन गतिविधि संचालन गर्ने नीति गाउँपालिकाको छ ।
उज्याले बन्दीपुरअन्तर्गत उज्याले गाउँ अभियान संचालन गर्दै सिद्ध गुफा, पातलद्वारी गुफा, हुस्लांककोट दरबार मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोट गढी, थानीमाई, भुकभुकेलगायत पर्यटकीयस्थलको संरक्षण र संवर्धन र प्रवर्धन गरिनेछ । पर्यटन लक्षित उत्पादन प्रवर्धनलाई प्रोत्साहन गरी थप रोजगारी सिर्जना गर्ने , होमस्टेको संरक्षण संवर्धन र प्रवर्धन गरी होमस्टे सर्किटको विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए । साहसिक पर्यटन जीप फ्लाइङ, प्यारग्लाइडिङग र रक क्लाइमिडको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको विकासमा जोड दिइनेछ ।
पर्यटकीय नगरी बन्दीपुर बजारमा रहेका बिध्दावासिनी मन्दिरबाट भइसेखार, खड्कमाई र टुँडिखेलसम्म ढुंगा छपनी कार्य सम्पन्न गरी पर्यटन प्रवर्धन कार्यलयाई सबल बनाउने नीति गाउँपालिकाकोे छ । सहरी क्षेत्रका मात्रै नभइ ग्रामीण होमस्टेको प्रवर्धन गर्न होमस्टे मार्ट संचालन गर्ने लक्ष पनि रहेको गाउँपालिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार