आज नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबारमा सानिमा बैंक शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असार २१, २०७९ मंगलबार २३:३:१
२१ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर दुई हजार ३०.५९ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७१ अङ्कले ओरालो लागेर ३८७..२३ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ९६ अर्ब १४ करोड दुई लाख ८० हजार बराबर छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १७।१७, व्यापार ८५.१८, होटल तथा पर्यटन ७८.७६, विकास बैंक १००.९४, जलविद्युत् ५२.२३, वित्त ५६.६१, निर्जीवन बीमा २३९.८७, उत्पादन १४५.३५, अन्य ६०.२७, लघुवित्त ११३.०३, जीवन बीमा २१५.९२, सामूहिक लगानी कोष ०।१८ र लगानी २.२८ अङ्कले ओरालो लागे ।
कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको बिक्री शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड २० लाख बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ११ करोड ८२ लाख ६८ हजार ५९९, शिवम् सिमेन्ट रु १० करोड ६० लाख ७५ हजार ३०५, हिमालयन डिस्टिलरी रु १० करोड २१ लाख ६५ हजार ५६८ र माथिल्लो कर्णाली जलविद्युत् कम्पनी रु आठ करोड ५७ लाख १८ हजार १३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी गु्रप पावर ९.९७, आँधी खोला लघुवित्त ९.६१, स्वाभिमान लघुवित्त ८.१० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए ।
त्यस्तै, घलेम्दी हाइड्रोपावर ६.६०, दिव्यश्वरी हाइड्रोपावर ५.९२, अजोड इन्स्योरेन्स ५.८६, सिइडिबी हाइड्रोपावर ५.७५ र शिवम् श्री हाइड्रोपावरका लगानीकर्ताले ५।६० प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार