स्याङ्जामा वार्षिक १० करोड बढी कारोबार गर्ने २२ व्यवसायी
नेपालबहस संवाददाता
असार २१, २०७९ बुधबार ०:२९:३४
♦ प्रकाश डोटेल
२१ असार, स्याङ्जा । कर प्रणालीलाई क्रमश डिजिटल प्रणालीमा रुपान्तर गर्ने उद्देश्य अनुरुप सरकारले साउन एकदेखि वार्षिक १० करोड बराबरको कारोबार गर्ने व्यवसायीहरु अनिवार्य अनलाइन बिलिङ्मा जार्नुपर्ने बनाएको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ । तर, सो भन्दा कम कारोबार गर्ने व्यवसायीलाई भने स्वेच्छिक छ ।
स्याङ्जाका केही व्यवसायीले यसअघि समेत अनलाइन बिलिङ गर्दै आएको जनाएका छन् । जिल्लामा वार्षिक १० करोडभन्दा माथिको कारोबार गर्ने २२ जना व्यवसायी मात्रै छन् । उनीहरु मार्फत वार्षिक २ अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने गरेको छ ।
जिल्लामा ठुल्ठूला उद्योग व्यवसाय, कल कारखाना छैनन् । वार्षिक १० करोड कारोबार गर्नेहरुमा पेट्रोल पम्प, वितरक, निर्माण व्यवसायी, मोटर पार्टस सप्लायर्स र हार्डवेयर व्यापारी हुन् । तर, ५ करोडसम्मका कारोबारी भने ६० देखि ७० जना रहेको उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए । सो रकम भ्याट बाहेकको रहेको उनले जानकारी दिए ।
अनलाइन बिलिङ गर्दा कर तथा लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय बनाउनुका साथै काममा सहजता र कर सहभागिता लागत कम लाग्ने अध्यक्ष श्रेष्ठले बताए । “सामान्यतया करोडौंको कारोबार गर्ने व्यवसायी अब प्रविधिमैत्री बन्नैपर्छ ।” श्रेष्ठले भने, “प्रविधिको उपयोगले व्यवसायीलाई हित गर्ने र प्रविधि उपयोगमा सहजग रहनु आजको आवश्यकता हो ।”
व्यवसायीलाई अनलाईन बिलिङ्मा जानुपर्ने भएपछि जिल्ला उद्योग वाणिज्य संघले वार्षिक १० करोड भन्दा बढी कारोबार गर्ने जिल्लाका व्यवसायीलाई प्रशिक्षण दिएको छ । संघको आयोजना र करदाता सेवा कार्यालयको समन्वयमा विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा व्यवसायीलाई जानकारी गराइएको छ ।
करदाता कार्यालय प्रमुख शोभाकान्त पंगेनीले आउँदो आर्थिक वर्षदेखि वार्षिक १० करोडभन्दा माथिका कारोबार गर्ने व्यवसायीले अनिवार्य अनलाइन बिलिङ् गर्नुपर्ने भएकाले सबै व्यवसायीले राज्यका नीति बमोजिम काम गर्न आग्रह गरेका छन् ।
अनलाइन बिलिङ्ले व्यवसाय पारदर्शि हुने भएकाले यस्ता नीति अवलम्बन गरिएको उनको भनाइ छ । विद्युत्तीय उपकरणबाट सामान खरिद र बिक्रीसम्बन्धी कारोबार गर्नेगरी नीतिगत व्यवस्था र यसका प्रक्रियाका बारेमा प्रमुख पंगेनीको सहजीकरण गरेका थिए ।
उनले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै विधि, प्रक्रिया र पद्धतिकाबारेमा जानकारी गराए । प्रशिक्षणमा १० करोडभन्दा माथि कारोबार गर्ने जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको संघका सचिव मित्रबन्धु पोखरेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लागि लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार