रक्त क्यान्सर पीडित पंगेनीको उपचारमा आर्थिक अभाव, सहयोगको लागि परिवारको अपिल
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १६:१०:४०
२२ असार, स्याङ्जा । कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि स्याङ्जा वालिङ नगरपालिका वडा नं १० का रामु पंगेनीको निद्रा हराएको छ । छोराको उपचारका लागि खर्च जोहो गर्न नसकेकै कारण पंगेनी परिवार यतिबेला चिन्तित छन् ।
१८ वर्षिय छोरा शिशिर पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मीन भवन काठमाडौंमा विगत एक महिनादेखि उपचाररत छन् । उच्च शिक्षाका लागि आफ्नै मामासँग पोखरामा अध्ययन गरिरहेका शिशिरलाई दाँतबाट रक्तश्राव भएपछि पोखरामा जाँच गर्दा रक्त क्यान्सर देखापरेको थियो । उनको थप उपचारको लागि सिभिल अस्पताल काठमाडौं लगिएको उनका मामा खेम अर्यालले जानकारी दिए ।
सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टी गरेपछि उनको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ । शिशिरका बुवा आमा यतिबेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने भएपछि आफन्त र सहयोगी समक्ष गुहार मागेका छन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाखसम्म खर्च अनुमान गरेपछि उनका परिवारले सबैसँग सहयोगको लागि अपिल गरेका हुन् ।
शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उनका बावुआमा खेती किसान गर्ने कृषक हुन् । छोराको उपाचारका लागि आफूसँग भएको र आफन्तहरुसँग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उनकी आमा सीता पंगेनीले बताईन् । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवनरक्षाको लागि देश तथा विदेशमा सहयोगी संघसंस्था र व्यक्तिसँग आग्रह गरेकी छु, सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा छु भक्कानिदै सीताले सबैसँग अपिल गरिन ।
शिशिरको उपचारको लागि खर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलिएको छ । उनका आफन्त र परिवारले यतिबेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । उनको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरि शिशिर पंगेनीलाई बचाउन परिवारले अपिल गरेका छन् ।
शिशिरको उपचारको लागि पोर्चुगलवाट अर्जुन अर्याल, बीपिन अर्याल लगायतले आर्थिक संकलन अभियान सुरु गरिसकेको जानकारी दिएका छन् भने वालिङमा रहेका उनका परिवारले समेत आर्थिक सहयोग संकलन सुरु गरेको उनका काका वुद्धी पंगेनीले जानकारी दिए । शिशिरको उपचारको लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आफ्नो फेसवुक पेजबाट शिशिरलाई आर्थिक सहयोग गरी उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार