चट्याङले विद्युत्गृहमा क्षति पुर्याउँदा ३७६ घरधुरी अन्धकारमा
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १७:६:५१
२२ असार, गलेश्वर । पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ । सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए । चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ । जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।
बगरफाँटमा बाढी पहिराको त्रास
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिराको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो ।
विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २१४ परिवारको बसोबास छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयोजना अलपत्र हुँदा खानेपानी समस्या
माघ १०, २०८१ बिहिबार
जलविद्युत् क्षेत्रमा लगानी गर्न दातृ निकायलाई ऊर्जामन्त्री खड्काको आग्रह
माघ ८, २०८१ मंगलबार
म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुविधा
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार