राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार १७:५:३५
२२ असार, गोरखा । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।
गण्डकी गाउँपालिका दोस्रो भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिका तेस्रो भएको छ । यसैगरी धार्चे गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ । सिरानचोक, सहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएनन् ।
प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले समापन गरेका हुन । खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् ।
२३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ । ‘कोरोनाका कारण दुई वर्षसम्म प्रतियोगिता गर्न सकिएन,’ जिल्ला अध्यक्ष बस्नेतले भने,‘छोटो तयारीका बाबजुत पनि हामीले बर्खाका बेलामा भएपनि सफलतापूर्वक प्रतियोगिता गरियो, यो ठूलो उपलब्धि हो ।’ जिल्लाबाट छनौट भएका खेलाडीहरूले प्रदेशमा उत्कृष्ण प्रर्दशन गरी केन्द्रमा समेत पुग्ने उनले आशा व्यक्त गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, ताइक्वान्दो, कबड्डी लगायतका विभिन्न खेल खेलाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार