काठमाडौंदेखि हेटौँडासम्म पुग्यो हैजा, आज थप दुईमा पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार २२:४:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/haija_pvqTx1jbfO.jpg)
२२ असार, काठमाडौं । अहिले दैनिक जसो झाडापखालाबाट प्रभावित हुने क्रम जारी छ तर सबैमा हैजाको जीवाणु पुष्टि हुन बाँकी छ । केही दिन अघि काठमाडौंमा देखिएको हैजा हेटौँडासम्म पुगेको छ । आज थप दुई जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।
नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उनले जानकारी दिए । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ ।
हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखानसमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले खानेपानीका कारणले हैजाका बिरामी बढेको बताए । उनका अनुसार हैजा देखिएका ठाउँको खानेपानी परीक्षण गर्दा खान अयोग्य रहेको छ । उनले कीर्तिपुरमा चार ठाउँका खानेपानीको नमूना परीक्षण गर्दा कोलिफर्म जिवाणु देखिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार