स्याङ्जाको अर्जुनचौपारीले बनायो सामाजिक कोष
नेपालबहस संवाददाता
असार २२, २०७९ बुधबार २३:५९:१४
♦ प्रकाश डोटेल
२२ असार, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनप्रतिनिधिले नेपाल सरकार मार्फत प्राप्त गर्नेमासिक तलब र अन्य भत्ताजन्य रकमको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने भएका छन् । गाउँपालिका अध्यक्षदेखि सदस्यसम्मले कोषमा उक्त रकम जम्मा गर्ने भएका हुन्
तलब तथा भत्ताको १० प्रतिशत रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने र कोष मार्फत सामाजिक सेवाका विभिन्न क्षेत्रहरुमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । गाउँसभाबाटै सर्वसम्मतका आधारमा कोष खडा गर्ने निर्णय भएको तिवारीले जानकारी दिए ।
“हामी नयाँ निर्वाचित सबै जनप्रतिनिधिहरुले आफूले पाउने तलब र भत्ताको १० प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्ने निर्णय गरेका छौं ।” अध्यक्ष तिवारीले भने, “त्यस्तो रकमलाई निश्चित कार्यविधि बनाएर गरिब, विपन्न तथा आर्थिक रुपमा पिछडिएका, अपाङ्ग वा उपचार नपाएका वर्गलाई सहयोग स्वरुप खर्च गर्छौँ ।”
जिल्लाका ६ गाउँपालिका मध्ये कम बजेटको सिलिङ अर्जुन चौपारीमा छ । बजेटले थेग्न नसक्ने गरी जनताका अपेक्षा रहेको पालिकाले जनाएको छ । जिल्लाको सूचांकहरुमा अर्जुनचौपारी अतिकम विकसित गाउँपालिकामा पर्छ । आगामी आर्थिक वर्षका लागि थोरै बजेट विनियोजन भएको पालिकाले जनाएको छ ।
“अनावश्यक खर्च कटौती गर्दै मितव्ययी र पारदर्शी तरिकाले स्थानीय सरकार चलाउने योजना बनाइरहेका छौँ ।” गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ्ले भनिन्, “सामान्य खर्च र आम्दानी समेत जनताले थाहा पाउने गरी सार्वजनिक गर्ने, सामान खरिद गर्दा भएको खर्च रकम सामाजिक सन्जाल बाटै थाहा पाउने गरी पारदर्शी शैली अपनाउने छौं ।”
देशमा सरकारी कार्यालयलाई चाहिने सामान खरिदका क्रममा भ्रष्टाचार बढी भएको सूचनाहरु आइरहेका छन्,हामी यो प्रवृत्तिलाई पूर्ण रुपमा रोक्ने उनले दाबी गरिन् । समाजप्रतिको हाम्रो उत्तरदायित्व छ, यही उत्तरदायित्वलाई थोरै भएपनि पूरा गर्ने प्रयास अनुसार सामाजिक उत्तरदायित्व कोष बनाएको उनले बताईन ।
बजेटले सम्बोधन गर्न नसकिने तथा मानवीय रुपमा गर्नुपर्ने सेवाका कामहरुमा कोषमा प्राप्त रकम खर्च हुने गरी यसका लागि कार्यविधि नै निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार