रास्कोटमा १५ श्ययाकाे अस्पताल बन्दै
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार १८:५३:२७
२४ असार, कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ । नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि रास्कोटमा १५ श्ययाको नगर अस्पताल निर्माण हुन लागेको हो । नगर प्रमुख धर्मराज शाहीले अस्पाताल शिलान्यास गर्दै आगामी दिनमा नगरपालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवा लिन अन्य ठाउँमा जानु नपर्ने गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निर्माण गर्ने लागिएको जानकारी दिए ।
“स्थानीय सरकारको दायित्वमा नागरिकको स्वास्थ्य पनि पहिलो प्राथमिकता हो”, उनले भने, “अस्पताल निर्माणको पहिलो प्राथमिकतामा भौतिक पूर्वाधार निर्माण भएकाले यसतर्फ लागेका छौँ ।” अस्पताल निर्माणका लागि रु एक करोडभन्दा बढी लाग्ने नगरपालिका इञ्जिनीयर नरेशविक्रम शाहीले बताए । “एक वर्षभित्र निर्माण सक्ने गरेर ठेक्का प्रक्रियामा गएको छ”, उनले भने, “अस्पतात बालमैत्री अपांगमैत्री र जटिल खालका बिरामीलाई सबै वडामा सेवा उपलब्ध गराउने गरेर भौतिक संरचना निर्माण गरिनेछ ।”
अस्पताल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढेर निर्माणको थालनी भइसकेकाले रास्कोटका नागरिकले विषेशज्ञ सेवासहितको जटिल खालका रोग, सुत्केरी सेवालगायत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पताल निर्माण गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए । “हामीले सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेका छौँ”, उनले भने, “सकभर नगरपालिकाका बासिन्दाले सामान्य उपचारका लागि बाहिर जान नपरोस् भन्ने हाम्रो लक्ष्य हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कात्तिक ११, २०८१ आइतबार
कर्णालीका ४८ स्थानीय तहमा कहिले बन्छ आधारभूत अस्पताल ?
कात्तिक ६, २०८१ मंगलबार
कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार