नक्खुमा खुल्यो मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर
नेपालबहस संवाददाता
असार २४, २०७९ शुक्रबार २०:८:१८
२४ असार, काठमाडौं । सौन्दर्यकर्मी मन कुमारी पुनद्वारा संचालनमा ल्याइएको ललितपुर नक्खु पुलमा अबस्थित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रेनु राना मगरद्वारा रिवन तथा केक काटि सम्पन्न भएको छ ।
उक्त अबसरमा सौन्दर्यकर्मी तथा नेल आर्ट विशेषज्ञ बन्दना राइ, सौन्दर्यकर्मी प्रिती शाक्य, समाजसेवी कोपिला राना अन्य सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
युवा ब्यबसायी सौन्दर्यकर्मी मन कुमारी पुनद्वारा सञ्चालित मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टर उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो।
लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत महिला तथा पुरुषहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी मन कुमारी पुनले बताइन ।
प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङकि अध्यक्ष तथा प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद रेनु राना मगरले पार्लरको रिबन काट्दै आफ्ना बिध्यार्थीहरुले शिप सिकेर आत्मानिर्भर भएकोमा खुसि ब्यक्त गर्दै मनुज युनिसेक्स ब्युटी सलोन आर्ट स्टुडियो एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्य क्षेत्रमा नयाँ आयाम थप्ने कुरा बताइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार