वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार २५, २०७९ शनिबार १८:४२:५५
२५ असार , लमजुङ । करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सदरमुकाम बेँसीसहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुलेसम्म यातायात सेवा सञ्चालनमा रहे पनि अन्य सडकमा यातायात सेवा ठप्प जस्तै भएको लमजुङ कालीका यातायातका काउन्टर प्रमुख खुसीराम बरालले बताए । उनले भने, ‘केही ग्रामीण क्षेत्रमा सञ्चालन भएका सवारीसाधन पनि सडक भत्किएका कारण गन्तव्य पुग्न कठिन छ ।’ यातायात समितिले कुनै पनि अप्रिय घटना हुन नदिन र सडकको अवस्थालाई ध्यान दिँदै फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभञ्ज्याङ, भोजे, जिता, घेर्मु, स्यांगे, च्याम्चे, गाँउसहर, जगतलगायत स्थानहरूमा यातायात सेवा बन्द गरेको लमजुङ कालिका यातायातका काउन्टर प्रमुख बरालले बताए ।
१४ सयमध्ये दुई सय किलोमिटर मात्रै संचालनमा
पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले जिल्लाभर कुल १४ सय किलोमिटर ग्रामीण सडक निर्माण भए पनि मुस्किलले दुई सय किलोमिटर सडकमा मात्र गाडी चल्ने गरेको बताए । ‘स्थानीयले सडकको अपनत्व नलिएसम्म ग्रामीण भेगका सडकको हालत उस्तै हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा सरकारको मुख ताक्ने प्रचलनले बर्सेनि जनताले सडक सास्ती खेप्नुपरेको छ ।’ उनका अनुसार जिल्लामा ३० किलोमिटर सडक मात्र कालोपत्रे छ बाँकी दुई सय २० किलोेमिटर ग्राभेल गरिएको छ ।
करोडौँको लगानी बालुवामा पानी
हरेक वर्ष बेँसीसहर जोड्ने विभिन्न सडकको अवस्था नाजुक हुनेगर्छ । गाउँपालिका र नगरपालिकाले सडक निर्माण र मर्मतका लागि करोडौ बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपछि समयमा अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याए जस्तै भएको छ । ‘करोडौँ बजेट खन्याएर सडक बनाइन्छ तर सडक निर्माणसँगै नाला नकाट्दा बगाउनेगर्छ ।’ कांग्रेस जिल्ला सभापति डा। टकराज गुरुङले भने, ‘स्थानीय तहले सडक निर्माण गर्ने ठेकेदारलाई सडक र नाला सँगसँगै निर्माण गर्न लगाउनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार