प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्ज अब अस्पतालका रूपमा संचालन हुने
नेपालबहस संवाददाता
असार २६, २०७९ आइतबार १९:२३:१३
२६ असार, दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा संचालन हुने भएको छ ।
आर्थिक वर्ष २०७९÷८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज अस्पतालका रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा डा विनोद साहसहित तीन चिकित्सक कार्यरत छन् । स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि साउन १ गतेदेखि विधिवत् अस्पतालमा बिस्तार हुने गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताए ।
भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास अस्पताल छैनन् । त्यहाँका बिरामी सोही प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा लिन दैनिक १५० भन्दा बढी बिरामी आउने गरेका छन् । स्थानीयवासी प्राथमिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरी अस्पताल बनाउने भएपछि आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सुविधा पाउनेमा आशावादी छन् ।
अस्पतालको सेवामा सहयोग पुर्याउन स्वास्थ्य विभागले हालै रु पाँच लाख बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको छ । विभागले बिरामीका लागि चाहिने अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री पालिका अध्यक्ष राजवंशीलाई हस्तान्तरण गरेको हो । अस्पतालमा गुणस्तरिय सेवा प्रदान गर्न छिट्टै थप डिजिटल भिडियो एक्स–रे मेसिन र एम्बुलेन्स उपलब्ध गराउन लागिएको राजवंशीलले बताए ।
गौरीगञ्ज–५ जनताचोक छेउमा निर्माण हुने वडास्तरीय स्वास्थ्य चौकीकोसमेत राजवंशीले शिलान्यास गरे । करिब रु ४० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण हुने वडाअध्यक्ष विजयसिंह गन्गाईंले बताए । वडा कार्यालयले यसअघि भाडाको घरबाट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो । स्वास्थ्यचौकी भवन निर्माण गर्न वडाध्यक्ष गन्गाईंले करिब रु २० लाख बराबरको दुई कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार