सोमबार नेप्से परिसूचक ७५.७९ अंकले ओरालो
नेपालबहस संवाददाता
असार २७, २०७९ सोमबार २३:४५:३३
२७ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । यस साताको पहिलो कारोबारकाे दिन नै नेप्सेमा उच्च अंकको गिरावट देखिएको हो । आइतबार सार्वजनिक बिदाका कारण कारोबार भएको थिएन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ७५.७९ अंकले ओरालो लागेर एक हजार ९१६.८२ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२४ अंकले ओरालो लागेर ३६७.६४ मा ओर्लिएको छ ।
कूल २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३२ अर्ब १४ करोड ७९ लाख बराबर रहेको छ ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ ३७.२, व्यापार ११६.६२, होटल तथा पर्यटन ५६.१२, विकास बैंक १५०.७८, जलविद्युत् ११९.३८, वित्त ८७.९२, निर्जीवन बीमा ३६५.४९, उत्पादन १६६.५१, अन्य ७०.३२, लघुवित्त १८७.५४, जीवन बीमा ४५०.२२, सामूहिक लगानी कोष ०.३५ र लगानी २.७९ अंकले ओरालो लागे ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड चार लाख ३५ हजार ४८९ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु आठ करोड ७१ लाख ४५ हजार ३२१, माथिल्लो तामाकोसी रु आठ करोड ४१ लाख २५ हजार १२२, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड १७ लाख ३६ हजार ७७१ र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५१ लाख १६ हजार ७४८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सानिमा बैंकको ऋणपत्र दुई, बैंक अफ काठमाण्डूको ऋणपत्र १.९६, गुडबिल फाइनान्सको ऋणपत्र १.९५, मेगा म्चुअल फण्ड एक ०.५१ र सोल्टी होटलका लगानीकर्ताले ०.५१ प्रतिशतले कमाए । गरिमा विकास बैंक १०, किसान लघुवित्त ९.१५, ग्लोबल आइएमई समुन्नत स्किम एक ९.१४, हिमालयन पावर पार्टनर ९.०९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ९.०३ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार