संघीयता बिरोधि सलवलाउन लागे : मुख्यमन्त्री केसी
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २२:५८:२५
२८ असार, काठमाडाैं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता विरुद्ध अफवाह फैलाउने काम भईरहेको बताउँदै त्यसलाई निस्तेज गर्नेगरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् ।
उनले प्रतिगमनलाई बल पुग्नेगरी कुनै प्रकारका समाचार सामाग्रि प्रकासन प्रसारण नगर्न पनि आग्रह गरे । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघीयताको विरुद्धमा प्रतिगमनकारी शक्ति सलवलाएको बताएका छन् ।
लामो संघषबाट प्राप्त उपलब्धिलाई उल्ट्याउनेगरी प्रतिगमनकारी शक्तिले संघीयतालाई गलत ढंगले प्रचार गर्ने काम गरेको भन्दै त्यसको सहि विश्लेषण गरेर उपलब्धिको रक्षा हुनेगरी कलम चलाउन मुख्यमन्त्री केसीले आग्रह गरे ।
संघीयतालाई बोझिलो भयो, अनावश्यक खर्चिलो भयो र संघीयताबाट उपलब्धि पनि भएन भन्नेगरी प्रचारप्रसार भईरहेको बताउँदै उनले संघीयताकै कारण क्षेत्रगत विकासको आधार तयार भएको दावी गरे ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पनि प्राप्त उपलब्धिको रक्षामा जोड दिए । उनले संघीयताकै कारण पत्रकारहरुको प्रतिस्पर्धी क्षमतामा विकास भएको पनि बताए ।
त्यस्तै अग्रज पत्रकार खिमानन्द भट्टराईले लामो संघर्षबाट संघीयता प्राप्त भएको बताउँदै त्यसको संस्थागत विकास हुन नसक्दा आम नागरिकका आशा र अपेक्षा अनुसारको विकास पनि हुन नसकेको र संघीयता प्रति नै नैराश्यता सिर्जना गरेको भनाई राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार