सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई, ट्रष्टमा छुट्टाएको बजेट फिर्ता
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २३:४८:४९
२८ असार, स्याङजा । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७९/०८० का लागि बिनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरुले बुवा–आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो ।
बुवा–आमाको नाममा रहेको ट्रष्टमा बजेट छुट्टाएको आलोचना गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ परे । उनले बुवा र आमाको नाममा स्थापित ट्रष्टका लागि एक करोड रकम छुट्टाएपछि उनकै गृह जिल्ला स्याङजाका नागरिकहरुले सामाजिक सञ्जाल मार्फत चर्को बिरोध गरेका थिए ।
जनताको दैनिकीमा परेको समस्यालाई हल गर्नुको साटो मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा ट्रष्ट बनाउन १ करोड छुट्टाएको भन्दै शनिबार दिनभर सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । विदेश तथा जिल्लामै बसेका स्याङ्जावासीले सामाजिक सञ्जाल मार्फत रकम फिर्ता गराउन ठुलो दवाव दिएका थिए । रकम फिर्तादेखि प्रदेश मन्त्रीबाट राजीनामा समेत माग गर्दै सामाजिक सञ्जालमा चर्को विरोध शुरु भएपछि आइतबार बिहान मन्त्री श्रेष्ठले सामाजिक सञ्जालबाटै सो रकम फिर्ता गरेको उल्लेख गरे ।
बेला बेलामा विवादमा आइरहने प्रदेश मन्त्री श्रेष्ठलाई अन्त्यमा सामाजिक सञ्जालले गलाएर छाडेको छ । उनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्टाएको बजेट नलिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले आफ्नो राजनीति सधैं जनताको सेवाको लागि, कर्म समाज विकासको लागि रहेको भन्दै गल्ति भएको भए माफी दिन र सच्चिने मौका दिन समेत फेसबुक मार्फत आग्रह गरेका छन् ।
गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भएलगत्तै आफ्नो बारेमा विभिन्न भ्रम सृजना भएको उल्लेख गर्दै उनले आफू उक्त विषयमा गम्भिर रहेको लेखेका छन् । मन्त्री श्रेष्ठले आफ्ना बुवा आमाको नाममा स्थापित ट्रष्टका लागि छुट्याइएको शिर्षकको बजेट आगामी वर्षको वजेटवाट हटाई स्रोत व्यवस्थापन गर्न समेत अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
मेरो स्व.पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टको उद्देश्य जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो भन्ने पनि उल्लेख गरेका छन् ।
मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु यो फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हकहितमा सदुपयोग होस भन्ने चाहना समेत व्यक्त गरेका छन् । रकम फिर्ता गरेर मात्रै नभएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले पाटीको बन्दाम गरेको समेत आरोप लगाएका छन् । मन्त्री श्रेष्ठले पार्टीमा माफी माग्दै मन्त्री पदबाट समेत राजिनामा दिन स्याङजाका कांग्रेस कार्यकर्ताहरुले माग गरेका छन् । यस बिषयमा नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरतराज लम्सालले पाटीको ध्यानाकर्षण भएको जनाएका छन् । पार्टी गम्भिर भएको भन्दै यस बिषयमा छलफल हुने र सबै बिषय सार्वजनिक हुने धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन
माघ १३, २०८१ आइतबार
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१ आइतबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ १३, २०८१ आइतबार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै
माघ १३, २०८१ आइतबार
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
माघ १३, २०८१ आइतबार
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
माघ १३, २०८१ आइतबार