गाँउपालिका जलचर संरक्षण अभियानमा
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २३:५३:४२
२८ असार, स्याङ्जा । अर्जुनचौपारी गाउँपालिकाले जलचर (माछा) संरक्षण गर्ने अभियान संचालन गरेको छ । गाँउपालिकाको मध्यभागबाट बग्ने दरौखोलामा बिभिन्न जातका १० हजार माछाका भुरा छोडेर जलचरको संरक्षण अभियानको शुरुवात गरेको हो । मत्य बिकास केन्द्र मिर्मीको सहयोगमा अर्जुनचौपारी पालिकाले रहु जातका माछा तीन हजार, नैनी जातका तीन हजार र गरदी जातका माछा चार हजार भुरा दरौखोलामा संरक्षणका लागि छोडेको जनाएको छ ।
दरौखोला, केवरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक आर्जनमा पनि जोड्न सकिने र माछाको संरक्षण पनि हुने भएकाले पालिकाको पहलमा माछाका भुरा छाडिएको गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । जलचरको संरक्षणमा पालिका लाग्ने नीति तथा कार्यक्रम गाँउपालिकाले ल्याएको थियो ।
अबको १५ दिनमा थप पाचँ हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने तिवारीले बताए । पछिल्लो समय खोला दोहन गर्नेक्रम बढेको छ अध्यक्ष तिवारीले भने,‘जसले गर्दा जलचर लोभ हुने अवस्थामा पुगेको छ ।’ जलचरको संरक्षण पनि हुने आम्दानीको श्रोत पनि हुने भएकाले यो अभियानको थालनी गरेका हौं उनले भने ।
धेरै ठाउँमा खोलालाई माछा मार्फत आय आर्जनमा जोडिएको र बिज्ञ सगँको छलफल गरेर खोलामा माछाका भुरा छाडेको बताउदै अध्यक्ष तिवारीले पालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार ठाउँमा भुरा हालेको बताए । पालिकाले आगामी आर्थिक बर्षमा एक लाख भुरा खोलामा छाड्ने योजना बनाएको छ ।
खोलमा माछाका भुरा हालेसगै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए । परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविको पार्जनमा कठिनाई उत्पन्न हुने अवस्था आईपरेमा पालिकाले राहत उपलब्ध गराउने उनले बताए ।
जीविको पार्जनमा कठिनाइ भएका व्यक्ती वा समुदायलाई पालिकाकामा राहतका लागि निवेदन दिन पालिकाले सूचित समेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ । पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाईएमा कानून बमोजिम कारवाही गरिने व्यहोराको सुचना जारी गरिएको पालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
पुष २८, २०८१ आइतबार