सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षसँग गरिएको छलफल निष्कर्षविहीन
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १९:१५:३०
२९ असार, धनगढी । बजेट ल्याएको २९ दिनपछि सुदूरपश्चिम प्रदेश सरकारले प्रतिपक्षी दलसँग बजेटमाथि छलफल गर्ने वातावरण बनाउन भन्दै छलफल सुरु गरेको छ । बुधबार बिहान सरकार र प्रतिपक्षी तीन दल (नेकपा एमाले, लोसपा र जसपा) बीच बजेटका असहमति बारेमा छलफल भएको हो ।
तर, छलफलले समस्याको हल भने निकाल्न सकेको छैन । प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट सशोधनसहित १४ बुँदे माग अघि सारेको थियो । सो विषयमा केहीबेर सामान्य छलफल भए पनि ठोस निचोड ननिस्केको एमाले संसदीय दलका उपनेता पठानसिंह बोहराले बताए ।
‘छलफलमा प्रतिपक्ष दलले अघि सारेका मागप्रति केहीबेर सामान्य छलफल भयो,’ बोहराले भने, ‘तर, सरकारले आन्तरिक छलफल गरेर पुनः प्रतिपक्षसँग बस्ने भनेपछि आजको छलफल निष्कर्षविहीन बनेको हो ।’ सरकारले आजै पुनः प्रतिपक्षसँग छलफल गर्ने तयारी गरेको छ ।
वार्तामा सरकारको तर्फबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावल, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मनाबहादुर धामी सहभागी थिए । यसैगरी, प्रतिपक्षी दलको तर्फबाट एमाले दलका नेता प्रकाश शाह, प्रमुख सचेतक लिलाधर भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी, लोसपाका प्रदेशसभा सदस्य कृष्ण चौधरी थिए ।
सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा ल्याएको बजेट नीति र सिद्धान्त विपरित आएको भन्दै प्रतिपक्ष दलसहित सत्तापक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गर्दै आएका छन् । प्रतिपक्ष र सरकार पक्षकै बहुसंख्यक प्रदेशसभा सदस्यहरूले बजेटका बारेमा निरन्तर विरोध गर्दै आएपछि हालसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन सकेको छैन । असार महिनाभित्रै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
दाङ पुगेर प्रचण्डले गरे सहिद परिवारसँग भेटवार्ता
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
हुथी विद्रोहीद्वारा मानवीय आवश्यकताका आधारमा यमनका १५३ कैदी रिहाः आईसीआरसी
माघ १२, २०८१ शनिबार
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
युक्रेनबारे वार्ताका लागि मस्को तयार : पुटिन
माघ १२, २०८१ शनिबार
मोटोपना घटाएर कसरी फिट रहने ? करिना कपुरको फिटनेस कोचको कुरा सुन्नुहोस्
माघ १२, २०८१ शनिबार